
२३ असार, काठमाडौं । बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सी र उनका बुबा जोर्जले आफूमाथि सुनाइएको २१ महिने जेल सजायाविरुद्ध अपील गर्ने भएका छन् ।
बार्सिलोनाको अदालतले कर छलीमा दोषी ठहर गर्दै मेस्सी र उनका बुबालाई २१ महिना जेल सजायको फैसला सुनाएको थियो । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन युरो जरिवाना तिर्न भनिएको छ ।
यद्यपि दुबै जना जेल जानु नपर्ने देखिएको छ । स्पेनको कानुन अनुसार २ वर्ष भन्दा कम सजाय सुनाइएका व्यक्तिको अरु आपराधिक रेकर्ड नभए जेल जानु पर्दैन ।
तर, अदालतको फैसलाविरुद्ध अपील गर्ने मेस्सीका वकिलले बताएका छन् । जेल सजायको फैसला सही नभएको भन्दै उनले स्पेनिस सर्वोच्च अदालतबाट न्याय पाउने बताए ।
Post a Comment