
२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरु मानव तस्करीमा तानिएको भन्ने विषयमा छानविन गर्न तीन सदस्यय समिति गठन गरेको छ ।
बुधबार बसेको माओवादी पोलिटव्यूरो बैठकले अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा शेरचन, कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल छन् ।
बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डले माओवादी सांसदहरु विवादमा तानिएको र मिडियामा आएको समाचारबारे जानकारी गराएका थिए ।
मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले माओवादीका आठ सांसदहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ । सांसदहरु राममाया बोगटी, गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना खत्री, सन्तकुमार थारु, रुपा महर्जन, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
स्पेनका लागि भिसा आवेदन गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएको आरोप उनीहरुमाथि लागेको छ ।
Post a Comment