Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

युरोकपको बाजी लगाउँन उपत्यकामा पाँच सय एजेन्ट सक्रिय

Ronaldo-Goal
२३ असार, काठमाडौं । फ्रान्समा जारी युरोकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु भएका छन् । नेपालमा पनि युरोकपप्रतिको ‘फिबर’ बढ्दो छ ।
फुटबलप्रतिको लगाव मात्र होइन, करोडौँको बाजीसमेत हुने गरेको छ । युरोकपका खेलमा हजारौँ नेपालीले बाजी लगाउँदै आएका छन् ।
नेपालमा सट्टाबाजको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय छ । स्रोतका अनुसार दैनिक काठमाडौंमै करोडौँको हारजित हुने गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले सट्टाबाज धन्दामा संलग्नहरू निगरानीमा रहेको बताए ।
उनले भने, ‘दुईजनालाई पक्राउ पनि गरिसकेका छौँ, उनीहरूको नेटवर्कमाथि अनुसन्धान भइरहेको छ ।’ प्रहरीको अध्ययनअनुसार नेपालमा चार–पाँच समूहले सट्टेबाज धन्दा चलाइरहेका छन् । तीमध्ये नागराजका नामले चिनिने अमृत अग्रवालको नेटवर्क सबैभन्दा ठूलो छ । प्रहरी स्रोतका अनुसार अग्रवालका मुख्य सहयोगीमा गौरव र सौरभ तिवारी छन् ।
तिवारी दाजुभाइले उपत्यकाभरि विभिन्न एजेन्टमार्फत बाजी खेलाउँदै आएका छन् । सोही समूहका दुईजनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले ३० जेठमा पक्राउ गरेको थियो ।
न्युरोडको आरबी कम्प्लेक्सबाट दीपकरत्न शाक्य र सागर खड्गी पक्राउ परेका थिए । विभिन्न व्यक्तिबाट उठाइएको करिब तीन लाख रकम पनि प्रहरीले बरामद गरेको थियो । मोबाइलमा बाजीको रेट आदानप्रदान भएको एसएमएसहरू फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानमा श्रीकान्त अग्रवालसँग मिलेर उनीहरूले सट्टेबाज धन्दा चलाएको खुलेको जनसेवा वृत्तका डिएसपी विनोद घिमिरेले बताए । श्रीकान्त अमृतका भाइ हुन् । उनी फरार रहेको प्रहरीले जनाएको छ ।
प्रायः दुबईमा बस्ने अमृतको मुख्य धन्दा नै सट्टाबाज र हुन्डी हो । नेपालमा सहयोगीमार्फत वर्षभरि नै उनले यस्तो धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले सट्टेबाजको ठूलो कारोबार गर्ने गरेका छन् । पाँचतारे होटेलमा बसेर उनले धन्दा चलाउने गरेको स्रोत बताउँछ । प्रहरी स्रोतका अनुसार ललितपुरमा राजु बोगटीले सो समूहसँग मिलेर बाजी खेलाउने गरेका छन् । ठमेलमा विभिन्न रेस्टुरेन्ट व्यवसायी र गुन्डागर्दीमा सक्रिय व्यक्ति पनि धन्दामा लागेका छन् ।
वैशाखको पहिलो साता महानगरीय अपराध महाशाखाले बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजका डिसिप्लिन इन्चार्ज (डिआई) सुदीप गुरुङलाई उनका साथी साङ्गे ठकुरीसहित पक्राउ गर्यो ।
गुरुङले कलेजकै विद्यार्थीलाई आइपिएल तथा युरोपियन फुटबल लिगको बाजी खेलाइरहेका थिए । केही विद्यार्थीले लाखौँ हारेको उजुरी अभिभावकबाट परेपछि प्रहरीले कलेजमा छापा हानी बुकी खुलाउने गुरुङ र केही विद्यार्थीलाई समेत पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा एउटै कलेजमा दैनिक १० लाखभन्दा धेरै रुपैयाँको बाजी चल्ने गरेको खुलेको थियो । कुनै समूहसँग सहभागी नभई उनीहरूले आफैँ रेट बनाएर खेलाउने गरेका थिए ।
स्रोतका अुनसार संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्ट बनाएर बाजी खेलाउँदै आएका छन् । एजेन्टले कमिसन पाउने भएकाले खेल्नेले जिते पनि वास्तविक रेटभन्दा थोरै कमाउँछन् । ठूलो खेल भने राजधानीका क्यासिनोमा हुने गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget