
चलचित्रको नामः कबाली
निर्देशकः पा रञ्जीत
कलाकारः रजनीकान्त, राधिका आप्टे, विंस्टन, चाव, धंसिका, दिनेश रवि, किशोर
निर्देशकः पा रञ्जीत
कलाकारः रजनीकान्त, राधिका आप्टे, विंस्टन, चाव, धंसिका, दिनेश रवि, किशोर
शुक्रवारदेखि विश्वभरका दर्शकले रजनीकान्त अभिनित चलचित्र ‘कबाली’ हेर्ने अवसर पाएका छन् । रजनीकान्त मात्रै यस्ता सुपरस्टार हुन् । प्रत्येक दक्षिण भारतीय दर्शक उनको यो फिल्म हेरेर मनोरञ्जन लिन चाहन्छन् । ग्याङस्टारको भुमिकामा देखिएका रजनीकान्टको गेटअप अलग छ । अभिनय बजेड लाग्छ ।
कथा
रजनीकान्त, जसलाई मान्छेरु ‘कबाली’ भनेर चिन्छन् । २५ वर्षपछि मलेशियाको जेलवाट रिहा हुन्छन् कबाली । तर, उनका दुश्मनहरु उनलाई सिध्याउने खेलको तानाबाना बुुन्नमा ब्यस्त छन् । केहि पटक कबालीमाथि आक्रमण पनि हुन्छ । तिनै दुश्मनकै कारण उनि जेल पुगेका थिए । जेलवाट फर्केपछि पनि तिनै दुश्मनहरुँंग भिडिरहनुपर्छ कबालीले ।
प्राय सुटबुटमा देखिने कबाली एक्लै हुन्छन् । तर, पनि उनी आफुबिरुद्ध जाइ लाग्नेहरुसंग भिड्न सफल हुन्छन् । उनी कसरि एक्लो भए । त्यसको छुट्टै दुःखद कथा छ । उनका दुश्मनले उनकी श्रीमति राधिका आप्टे र जन्मिनेवाला वच्चालाइ मारिदिएका हुन्छन् । जेल पनि उनी गल्तिका कारण गएका हुन्नन् अरु कसैले फसाएको हुन्छ । उनले जेलवाट छुट्न मात्रै २५ वर्ष कुर्नुपर्ने हुन्छ ।
यसवाहेक अरु धेरै रहस्य सिनेमामा छ तर, ती सब कुरा बुझ्नका लागि हलमा जानु नै सबै भन्दा उत्तम हुन्छ ।
पहिलो हाफ निकै कसिएको महसुस् हुन्छ । दर्शकलाई बााधेर राख्छ । मध्यान्तरपछि भने कथाको गति हल्का धिमा महसुस् हुन्छ ।
रजनीकान्तको अभिनय सान्दार छ । डन, बुढा वा फाइटर । जुनसुकै चरित्रमा पनि जीबन्त अभिनय गरेका छन् उनले । फाइट गर्ने उनको स्टाइल मौलिक लाग्छ भने इमोश्नल सिनमा राधिका आप्टेले बेजोड अभिनय गरेकी छिन् । यद्धपि राधिकाको भुमिका निकै छोटो छ । रजनीकान्त जस्ता अभिनेतासंग काम गरेर गहिरो छाप छोडेकि छिन् । यहि फिल्मले राधिकालाइ क्षमतावान नायिकाको सूचीमा दर्ज गराएको छ ।
समग्र फिल्मको कुरा गर्ने हो भने सिनेमाटोग्राफी बेजोड छ । त्यसो त निर्देशक पीए रन्जीत कमर्शियल एक्सन फिल्म बनाउन खप्पिस मानिन्छन् । रजनीकान्तका दर्शक मात्रै हैन एक्सन फिल्म हेरेर मनोरञ्जन लिने जोकसैले मनोरञ्जन लिनसक्छ यो फिल्म हेरेर ।
Post a Comment