Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

खाल्डोमा गाडेको १२ घण्टापछि बालिकालाई जिउँदै निकालियो

child
भारतको उत्तरप्रदेशमा एउटा डरलाग्दो तथा अनौठो घटना सार्वजनिक भएको छ । युपीको आगराभन्दा झण्डै २० किलोमिटर टाढा पर्ने धौर्रा गाउँमा बस्ने एक ६ वर्षीया बालिकालाई जमिनमुनि गाडेको अवस्थामा १२ घण्टापछि जिउँदै उद्धार गरिएको छ ।
समाचार अनुसार गत बुधबार राति घरमा आफ्नो बाबुसँगै सुतेकी ६ वर्षकी तनु बघेल नामकी कुनै अज्ञात व्यक्तिले निद्रामै उठाएर लगेछ । रातको दुइ बजे बालिकाका बाबु विनोद ब्युँझिए तब सँगै सुतेकी छोरीलाई फेला नपारेपछि हल्ली खल्ली भयो । यत्रतत्र खोजियो तर फेला पार्न सकिएन ती बालिकालाई ।
अर्को बिहान ८ बजेतिर भैँसी चराउन जाने गोठालाहरुले जंगलको नजिकै माटोले पुरिएको अवस्थामा मानिसको खुट्टा बाहिर निस्किएको देखे । त्यसपछि गोठालाले दौडिँदै गाउँमा आएर सबै कुरा भनेपछि गाउँलेहरु गएर खोसि्रएर हेर्दा पो ती पुरिएकी बालिका तनु नै भएको पत्ता लाग्यो । धन्न उनका आँखा, नाक, मुख तथा खुट्टा माटोले पुरिएका रहेनछन् ।
अरु सबै जिउ माटोले पुरिएको भएपनि सास फेर्न पाएका कारण १२ घण्टासम्म खाल्डोमा पुरिएपछि पनि उनी बाँच्न सफल भइन् ।  उनलाई निकालेर अस्पताल पूराइयो र अहिले उनको उपचार भैरहेको बताइएको छ । ती बालिकालाई कसले सुतेको स्थानबाट मध्यरातमा उठाएर लग्यो र जमिनमुनि पुर्यो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । अपराधीको खोजी भैरहेको बताइएको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget