Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ध्वंश हुँदैछ अर्घाखाँचीको हरियो पहाड

tinpane pahad
पर्यावरणमा गम्भीर प्रतिकूल प्रभाव पर्दासमेत अर्घाखाँची सिमेन्ट प्रा.लि.ले सनपा-८ खाँचीकोटमा चुनढुंगा उत्खनन् रोकेको छैन । ०७२ फागुन २१ गतेबाट पुनः शुरु भएको चुनढुंगा उत्खनन् अहिले पनि जारी छ ।
प्रभावित क्षेत्रका स्थानीयबासीको बिरोधका बावजूद दुई वटा एक्जाभेटर र दर्जनौं टिप्परहरु परिचालन गरी चुनढुङगा उत्खनन् कार्य निरन्तर जारी छ । समुन्द्री सतहबाट झण्डै १९ सय मिटर माथि रहेको लघु हिमालयी चुचुरोलाई ध्वंश गर्दै कपिलवस्तु र रुपन्देहीमा रहेका सिमेन्ट उद्योगमा चुनढुंगा आपूर्ति भैरहेको छ ।
चुनढुंगा उत्खनन् नरोकिएको मात्र होइन, सानोतिनो विरोध वा प्रतिरोधले तत्क्षण रोकिने सम्भावना समेत न्यून हुँदै गएको छ । प्राकृतिक र मानवीय शोषणले सीमा नाघेर असह्य अन्याय र अत्याचार भएपछि प्राकृतिक सम्पदा बचाउन पुनः एक पटक कलम चलाउन बाध्य हुनु परेको छ ।
मुहान धमिलो हुने र सुक्ने क्रम बढ्यो
स्वभावैले र वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा समेत उल्लेख गरिए अनुरुप चुनढुंगा उत्खनन् गरी लेकाली वनजंगल सहितका पहाडी चुचुराहरु ध्वस्त हुँदै जाँदा फेंदमा रहेका पानीका मुहान र सीमसार क्षेत्र सुक्ने क्रम बढेको छ ।
इतिहासमा कहिल्यै धमिलो न देखिएका पानीका मुहानहरु धमिलो देखिन थालेका छन् । वर्षासँगै गत वर्ष झै यस पटक पनि नरपानीस्थित धारा -पानीको ठूलो मुहान) को पानी चुनढुंगाको लेदो सहित धमिलो आएको छ । उक्त धमिलो पानीको नमूना परिक्षणको लागि सुरक्षित राखिएको छ ।  पानीको मात्रा समेत घटेको छ ।
उक्त कम्पनीले मुख्यतः ०६५ देखि ०६६ सम्म पूर्वतर्फको (नरपानी) पहाडमा घनीभूत ढंगले चुनढुंगा उत्खनन् गर्दा ०६७ कार्तिकदेखि सुकेको खानेपानीको मुहानबाट सोही प्रकारले धमिलो पानी आएको थियो । र, दुई वर्षको छोटो अवधि मै ५० एमएम व्यास बराबरको पानी चक्रक्कै सुकेको थियो ।
तीनपाने पहाड भनिने खाँचीकोटको पहाडमा यदि यही गतिमा चुनढुंगा उत्खनन् भए त्यहाँबाट निस्केका अन्य मुहानहरुका अतिरिक्त नरपानी धाराको खानेपानीको एकमात्र वैकल्पिक स्रोत समेत सुक्न धेरै समय कुर्नु पर्ने छैन ।
रहस्यमय मौनता 
चुनढुंगा उत्खनन्बाट उत्पन्न भएको खतराप्रति अर्घाखाँची सिमेन्ट मात्र होइन, प्रधानमन्त्रीसहित नेपाल सरकारका विभिन्न निकायहरुलाई धेरै पटक सूचित गरिएको छ ।
अर्घाखाँचीको सिडियो कार्यालयमा सबै भन्दा ठूलो मिसिल (फाइल) चुनढुंगा उत्खनन् मूद्दाको बनेको भनी हाँसोठट्टा गरिन्छ । अर्घाखाँचीबाट अहिलेका निर्वाचित केन्द्रीय प्रतिनिधि मात्र होइन, जीवित रहेका हिजोका निर्वाचित जनप्रतिनिधि, भावी सम्भावित जनप्रतिनिधि, जिल्लाका सबै राजनैतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक कार्यकर्ता, समाजसेवी र आम सर्वसाधारणलाई समेत चुनढुंगा उत्खनन् र त्यसले पारिरहेको प्रभावबारे गहिरो जानकारी छ ।
तैपनि फागुनको अन्तिम साताबाट ऐतिहासिक खाँचीदरबार, प्रसिद्ध सुपादेउराली मन्दिर, नर्तनाचल पर्वत क्षेत्रबाट चुनढुंगा उत्खनन् भैरहँदा समेत कडा विरोध वा प्रतिरोध हुन सकिरहेको छैन । किन ? गम्भीर प्रश्न उब्जिएको छ ।
सांसद  दुमन थापामाथि उठेका प्रश्नः
अहिले भैरहेको चुनढुंगा उत्खनन्का विरुद्ध सशक्त आवाज नउठ्नुको पहिलो कारण उत्खनन् क्षेत्रबाट पूर्वतर्फ रहेको नरपानी गाउँका जनताको चरम सहनशीलता हो । गत वर्षको वर्षातमा धाराको पानी धमिलो आएपछि तत्क्षण शान्तिपूर्ण तर कडा विरोध गर्न सक्नुपथ्र्यो । त्यसो गरिएन । त्यसका लागि स्थानीय सर्वसाधारणको भन्दा पनि नेतृत्व प्रदान गरिरहेका नेताहरु र नेताहरुका पनि नेता सांसद डा. दुमन थापाको देखिन्छ ।
वि.सं. ०७० को संविधानसभाको दोस्रो निर्वाचन पछि उनी अर्घाखाँची क्षेत्र नं. २ सहित आफ्नै गाउँ नरपानीका पनि निर्वाचित नेता भएका थिए । निर्वाचनमा स्थानीय जनताले दह्रो समर्थन गरेका थिए । निर्वाचन लगतै ०७० मंसिरको अन्तिम हप्तामा नै अर्घाखाँची सिमेन्टले उत्खनन् गर्न मेसिनहरु खाँचीकोटमा उतारेको थियो । त्यतिबेला पनि उनले  विरोध गर्न वा विरोध अभियानलाई ठीक प्रकारले संगठित गर्न सकेनन् ।
खाँचीकोटतर्फको उत्खनन्ले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्यावरणलाई पारेको असर र पर्यटकीय सम्भावनाको भ्र्रूणहत्यालाई मध्ये नजर गर्दै उनले चुनावी अभियानमा गरेको प्रतिवद्धता अनुरुप ०७० को मंसिरबाट नै उत्खनन्का औचारहरु प्रवेश गर्न दिनु हुन्थेन वा त्यसका लागि प्रयत्न र प्रयास गर्नु पथ्र्यो , गरिएन । मानी लिउँ, त्यसो गर्न सकिएन । ०७२ फागुन २१ गते राति ७ वटा टिप्पर र एउटा एक्जाभेटर खाँची क्षेत्रमा उतारियो, त्यसको कडा विरोध र प्रतिरोध संगठित गर्न उहाँ सक्रिय हुनु पथ्र्यो । त्यो पनि देखिएन ।
यद्यपि त्यही अवधिमा फागुन २७ गते पूर्वतर्फको पहाड -नरपानी)मा समेत उत्खनन्को प्रयास भएपछि चैत्र ८ गते पंक्तिकारको समेत सकृय सहभागितामा चुनढुंगा उत्खनन् रोक्का संघर्ष समिति, अर्घाखाँचीले आयोजना गरेको विशाल विराधसभालाई सम्बोधन गर्न भने उनी पुगेका थिए ।
चैत्र ८ गतेको सभामा क्याबिनेटबाट कम्पनीको उत्खनन् अनुमतिपत्र खारेज गरी सधैंका लागि विवाद साम्य पार्नुपर्ने आवाज काँग्रेस सभापति विष्णु मुस्कानसहित जिल्लाका प्रमुख नेताहरुले उठाएका थिए । र, त्यसलाई सकार्दै उनले प्रधानमन्त्री आफ्नो पार्टीको भएको र उनीसँग आफ्नो विशेष पहुँच समेत भएकोले चीनबाट फर्के लगत्तै भेट्ने र पहल गर्ने बताएका थिए । तर, प्रधानमन्त्री चीनबाट फर्केको ३ महिना बिति सक्दा तथा यस पटकको वर्षातमा समेत नरपानीको खानेपानीको एक मात्र वैकल्पिक मुहान धमिलो हुँदा पनि उनी निष्कृय छन । किन ? सबलै प्रश्न गरिरहेका छन ।
पूर्व-पश्चिम फैलिएको महाभारतको समुन्द्र सतहबाट झण्डै २३ सय मीटर उचाई सम्मका चुचुराहरु भएको अर्घाखाँची खण्डलाई नरपानी र खाँचीकोट गरी दुई वटा भञ्ज्या·ले चिरेको छ । अहिले चुनढुंगा उत्खनन् भैरहेको स्थानबाट सीधा रेखामा नरपानीको धाराको मुहान झण्डै २०० मीटर पूर्वमा एउटा नपत्याउँदो होचो डाँडाको -मुहानबाट लगभग ३० मीटर अग्लो) फेदबाट प्रतिसेकेण्ड सरदर ७ लिटर पानी बगिरहेको छ ।
तर, तीनपाने शिखर र उक्त मुहानको बीचमा एउटा सानो उत्तर-दक्षिण फैलिएको चुनढु·ा चट्टानयुक्त डाँडो छ । पंक्तिकारले गरेको चुनढुंगा युक्त भूबनोट (कार्स्ट टोपोग्राफी)का विशेषताहरुको अध्ययनले त्यो दुरी र उचाइइको फरकमा भूमीगत कुलेसो (अण्डरग्राउण्ड ड्रेनेज) सम्भव छ ।
वर्षातका शुरुवाती दिनमा दुई वर्षसम्म लगातार आएको चुनमिश्रति धमिलो पानी मात्रै होइन कि एकातिर तीनपानेको ठीक फेदमा देखिने गरेर ठूलो पानीको स्रोत नहुनु तथा धाराको पानीमा पानीको मात्रा अत्याधिक हुनुले पनि त्यसको जलग्रहण क्षेत्र -क्याचमेन्ट एरीया) हाल चुनढुंगा उत्खनन भैरहेको क्षेत्र तीनपाने हो भन्ने पुष्टि भूवैज्ञानिक हिसाबले हुन्छ । यस सम्बन्धमा भू-जलप्राविधिकहरुको निष्पक्ष अध्ययनले थप पुष्टि गर्न सक्छ ।
अर्घाखाँची सिमेन्टले खाँचीकोटका पहाडसँग जोडिएका मानिसहरुसँग दुई प्रकारको नीति अबलम्बन गरेको छ । प्रथम, धाकधम्की, द्वितीय, लोभलालच ।
०६८ सालमा चुनढुंगा  उत्खनन् र पर्यावरणको ध्वंशका विरुद्ध नरपानीमा भएको विद्रोह ताका खाँचीकोटका सबै बासिन्दाहरु विरोधमा थिए । त्यहाँका प्रितम थापा भनिने एक जना पुराना नेता त संघर्ष समितिका उपाध्यक्ष समेत भएका थिए । नरपानी ध्वस्त गर्न भएका लगातारका प्रयत्न असफल भएपछि निजले आफ्नो १४ रोपनी समेत गरी झण्डै ४० रोपनी जग्गा ५० हजार रोपनीका दरले अर्घाखाँची सिमेन्टलाई बेच्न/बेचाउन सफल भएका थिए ।
एक जना धनी किसानको नेतृत्वमा अर्घाखाँची सिमेन्टसँग ३१ वटा घरधुरीले मासिक ३ हजार रुपैयाँका दरले नगद बुझ्ने सम्झौदा भएपछि स्थानीयको विरोध सेलाएर गयो
तत्पश्चात् पुनः नरपानीतर्फ (पुरानो चुनढुंगा खानी भनौं) पटक पटक जोरजर्बजस्ती गरियो । तर स्थानीय जनताको शान्तिपूर्ण तर कडा प्रतिवादका कारण पुनः उत्खनन सम्भव भएन ।
यहाँसम्म कि जिल्लाका प्रमुख राजनैतिक दल र तत्कालिन प्रजिअ गोविन्दमणी भूर्तेलको नेतृत्वमा जर्बजस्ती गरिंदा ०६९ मंसिर २५ गतेबाट माघ २० गतेसम्म ५५ दिनसम्म चौबिसै घण्टा प्रभावित क्षेत्रका स्थानीय जनता पहाडको फेदमा सुतेर धर्ना दिएका थिए । त्यसरी नरपानीमा असफल भएपछि अर्घाखाँची सिमेन्ट पश्चिमतर्फ खाँचीकोटमा प्रवेश गरेको छ ।
कुमबहादुर थापा भन्ने एक जना धनी किसानको नेतृत्वमा अर्घाखाँची सिमेन्टसँग ३१ वटा घरधुरीले मासिक ३ हजार रुपैयाँका दरले नगद बुझ्ने सम्झौदा भएपछि स्थानीयको विरोध सेलाएर गयो । गाउँका शक्तिशाली मानिसहरु नै ध्वंशतिर लागेपछि कृष्णलाल पुरी र दलबहादुर थापा बाहेक अरु विरोधमा देखिन सकेनन् ।
दलबहादुर थापामाथि ०७० को साउनमा हातपात समेत गरिएपछि आर्थिक, भौतिक र सामाजिक रुपमा कमजोर मानिसहरु विरोधमा उत्रनु त परैजावोस् विरोधको पक्षमा खुल्न समेत सकेनन् । प्रवासमा रहेकाहरुले विरोध गरे तर गाउँमा आएपछि संगठित आवाज उठाउन सकेनन् ।
लोभलालच परेका केही स्थानीय युवाहरु र  बाहिरबाट लगिएका गुण्डाहरुले ना·ा खुकुरीहरु नचाउँदै ०७० मा पहिलोपटक उत्खनन्का औजारहरु पहाडको टुप्पोमा पुराइयो । त्यसप्रकारको कार्यमा प्रशासनको मौन स्वीकृति थियो । तत्कालीन जिल्लाका डीएसपीले पंक्तिकारलाई उक्त गाउँमा हिँडडूल नगर्न उर्दी जारी गरेको सम्झना ताजै छ ।
यहाँ स्मरणीय के छ भने चुनढु·ा ढुवानी सीतापुर गाविस हुँदा अर्घाखाँचीको ठाडा भएर कपिलवस्तु प्रवेश गर्छ । यी उदाहरणहरुले केही न केही लाभ प्राप्त नगरी वा निहित स्वार्थ पूरा नभई पहिले विरोधमा उत्रेका व्यक्तिहरु समर्थन गर्न पुगेनन् होला भन्न सकिँदैन र ? यसैकारण ०६० बाट ५ वटा गाविसका प्रभावित दर्जनौ गाउँहरुको  अस्तित्व संकटमा परेपछि ०६८ साल कार्तिक १८ गतेबाट चुनढुंगा उत्खनन्का विरुद्ध विद्रोह शुरु भयो ।
स्थानीयसँग संवादका लागि भन्दै उद्योगपति पशुपति मुरारका पहिलोपटक नरपानी जाने दिन नै ०६८ मंसिर २३ गते मेरो अध्यक्षतामा ४३ सदस्यीय चुनढुंगा उत्खनन् रोक्का संघर्ष समिति गठन गरिएको थियो । संघर्ष समितिको पहिलो बैठकले सधैका लागि चुनढुंगा उत्खनन् बन्द गर्ने एकल निर्णय गर्‍यो । त्यो निर्णय गरेको थाहा पाए पछि स्थानीयसँग संवाद नै नगरी उनी फर्किएका थिए ।
संवाद असफल भएपछि अर्घाखाँची सिमेन्ट दमनमा उत्रियो । मंसिर २७ ठूलो संख्यामा अस्त्रशस्त्र बोकेका प्रहरी परिचालन गरी चुनढुंगा उत्खनन् गर्ने शुरु गर्ने प्रयत्न गरिएको थियो । तर, हजारौं स्थानीयबासी पहाडको फेदमा शान्तिपूर्ण तरिकाले सुतेपछि दमनको प्रथम चक्र समाप्त भएको थियो ।
त्यो दमनको ३ महिना नपुग्दै अर्घाखाँची सिमेन्टले लोभलालचको हतियार फालेको थियो । ०६८ को फागुन महिनाको खुबै हावा चलेको दिन आफ्ना सहयोगीहरु र्फस बहादुर के.सी., गणेश थापा, डिल्ली थापाका साथ प्रितम थापाले पंक्तिकारसंग यस्तो प्रस्ताव राखेका थिएः”संघर्ष समितिलाई ५०-६० लाख रुपैयाँसम्मको व्यवस्था हुने देखियो । बिकल्पै नदिने गरी आन्दोलन नगरौं, उद्योगसँग सहमति गरौं ।” उनको प्रस्तावलाई हामीले ठाडै अस्वीकार गरेपछि उनले भनेका थिए “अब हामी सँगै जान नसक्ने भयौं ।”
 त्यसपछि पनि संघर्ष समितिको अध्यक्षको हैसियतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मलाई पटक-पटक आर्थिक प्रलोभनहरु दिने काम भए । त्यो बाहेक आफन्तहरुको प्रयोग वा अन्य तरिका अपनाएर पनि हामीलाई चुकाउने कोशिश नभएका होइन, तर कुनै पनि हालतमा चुक्ने र झुक्ने काम भएन ।
तत्कालिन वरिष्ठ सदस्य तथा संघर्ष समितिका हालका अध्यक्ष पिताम्बर खासुलाई उहाँको सबै जग्गा जमिन १ करोडमा किनी दिने जस्ता नीच प्रस्ताव राख्न पनि त्यतिबेला अर्घाखाँची सिमेन्ट पछि परेन ।
नर्तनाचल पर्वत ध्वस्त भैरहँदा समेत सशक्त प्रकारले संगठित विरोध र प्रतिरोध नभएको हुन सक्छ । तर, यसको अर्थ प्राकृतिक सम्पदा ध्वंशमा अर्घाखाँवासी जनताको समर्थन छ भन्ने भ्रम पाल्नु सर्वथा गलत हुनेछ
गलत नेतृत्व चयनको परिणाम
नरपानीका मान्छे पहिलोपटक झुक्किँदा खानेपानीको एउटा मुहान र नरपानीको मरुभूमिकरण भयो । दोस्रो झुक्काइमा एक मात्र वैकल्पिक पानी सुक्ने खतरा उत्पन्न भएको छ । त्यसका लागि स्वयं नरपानीका बहुसँख्यक स्थानीयहरुका केही कमिकमजोरीहरु पनि जिम्मेबार रहेको देखिन्छ ।
०७० जेष्ठसम्म आन्दोलनको नेतृत्व स्थानीय व्यक्तिहरुको हातमा थियो । त्यतिबेलासम्म स्थानीय व्यक्तिहरुले खाई-नखाई, रातदिन नभनी सरकार र कम्पनीको धाक-धम्की, डर-त्रास, जेल-नेलको समेत सामना गर्दै पर्यावरण संरक्षणको आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।
त्यतिमात्र होइन कुनै पनि प्रकारको लोभलालच वा प्रलोभनमा फसेका थिएनन् । तर, डा. दुमन थापाले ०७० निर्वाचनमा उम्मेदवारी घोषणा गरेपछि र गुलिया वचनहरु बाँड्न थालेपछि सबै भन्दा पहिले युवा, त्यसपछि महिला र अन्त्यमा बुढापाकाहरु समेत उनको नेतृत्वप्रति ढल्किँदै गए ।
चुनावको घडीसम्म आउँदा माहौल एकदमै उल्टो बन्न पुग्यो । बहुसंख्यक स्थानीयहरु दुमनमाथि पुरै विश्वस्त देखिए । चुनावी परिणामले पनि त्यही देखायो । डा. दुमन थापा एकाएक आन्दोलनका नयाँ र निर्वाचित नेता बने । त्यसले पहिले नेतृत्व गर्दै आएका व्यक्तिहरुलाई निराश बनायो । स्थानीय नागरिकहरुमा त्यसप्रकारको खतराको मूल्यांकन गर्ने सामथ्र्य देखिएन ।
पर्यावरण संरक्षण अभियानको नेतृत्वमा पुगेपछि सांसद डा. दुमन थापा संसद्को वातावरण संरक्षण समितिमा समेत चुनिए । अर्घाखाँची सिमेन्टका विरुद्ध उनको स्थिति एकदमै बलियो बन्न पुग्यो । त्यस प्रकारको बलियो स्थितिमा पुगे पनि उनले खाँचीकोटतर्फको ध्वंशलाई रोक्नका लागि रक्तीभर पहल गरेनन् ।
तैपनि ०७१ को पौषमा नरपानीतर्फ ध्वंश गर्न तत्कालिन गृहमन्त्री वामदेव गौतमसहित टिमले लागेपछि, त्यसलाई असफल पार्न, आफू सदस्य रहेको संसदीय समितिलाई सक्रिय पार्न भने सफल रहे । तर त्यस पछिको उनको भूमिका सशक्त हुन सकेन । उनले चुनावका बेला गरेको प्रतिवद्धता अनुरुप चुनढुंगाउत्खनन्को अनुमतिपत्र खारेज गराउन न पहल गरे, न आन्दोलनलाई अझ बढी संगठित र सशक्त बनाउन नै ।
पुष्पा भुसालको प्रतिशोध 
माथि उल्लेखित कारणहरुले अर्घाखाँचीको अमूल्य प्राकृतिक सम्पदा नष्ट भैरहेको छ । त्यसबाहेक जिल्ला र केन्द्रका अन्य नेताहरुको दोहोरो र शंकास्पद भूमिकाका कारणले पनि प्रकृति र पर्यावरणको संरक्षण हुन सकिरहेको छैन ।
०६६ सालमा पर्यावरण संरक्षणका लागि सशक्त रुपमा देखा परेका क्षेत्र नं. १ सांसद टोपबहादुर रायमाझी ०६८ सालबाट पुरै विध्वंशको पक्षमा हुनुहुन्छ । जिल्लाका काँग्रेस र एमालेका मुख्य नेताहरुको भूमिका दोहोरो हुने गरेको गरेको छ । दक्षिणी छिमेकी गाविस सीतापुरका एमालेका प्रमुख नेताहरु यादवप्रसाद घिमिरे र गोबर्धन थापा ०६९ बाट ध्वंशको पक्षमा छन ।  पूर्वसांसद तथा नेपाली काँगे्रसकी केन्द्रीय पुष्पा भुसालमा त्यो प्रवृत्ति एकदमै बढी देखिन्छ ।
विरोधका नाममा बैसाख महिनामा चुनढुंगा उत्खनन् गरिरहेको स्काभेटरमा माथि आगजनी गरियो । त्यसप्रकारको हिंसात्मक कारबाहीले शान्तिपूर्ण विरोधमा रहेका जनतालाई तर्साएको हुनुपर्छ ।
यी र यस्तै कारणहरुले गर्दा विगत ४ महिनादेखि नर्तनाचल पर्वत ध्वस्त भैरहँदा समेत सशक्त प्रकारले संगठित विरोध र प्रतिरोध नभएको हुन सक्छ । तर, यसको अर्थ प्राकृतिक सम्पदा ध्वंशमा अर्घाखाँवासी जनताको समर्थन छ भन्ने भ्रम पाल्नु सर्वथा गलत हुनेछ ।
ध्वंशका विरुद्ध व्यापक रुपमा आवाज उठिरहेको छ । त्यसलाई पुनः संगठित गर्न मात्र बाँकी छ ।
प्राचिन कालमा तपोभूमि, मध्यकालमा ऐतिहासिक खाँचीदरबार (राजधानी) र वि.सं २०२६ देखि ०३२ सम्म जिल्ला सदरमुकाम रहेको नरपानी-खाँचीकोट क्षेत्र चुनढुंगा उत्खनन् अघि स्याउका बगैचा सहितको सीमसारयुक्त हराभरा क्षेत्र थियो । चारैतिर पानीका मुहान र सीतखोलाको शीरविन्दू थियो ।  स्थानीय, जिल्ला र केन्द्रका अगुवाहरुको अज्ञानता र स्वार्थताले १० वर्षको छोटो अवधिमा नै यो क्षेत्र अहिले मरुभूमी जस्तो बनेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget