
मुस्लिम समुदायले आज नमाज पढेर इद उल फित्र पर्व मनाउँदैछन् । इदको अवसरमा विदेशमा आयोजना हुने सांकृतिक कार्यक्रममा भाग लिन अधिकांश नेपाली कलाकार नेपाल बाहिर पुगेका छन् ।
धेरै कलाकार मलेसिया र कतारमा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा भाग लिन पुगेका छन् । मलेसियामा मात्र इदको अवसर पारेर आधा दर्जन कार्यक्रमम भैरहेका छन् । नायक राजेश हमाल सांकृतिक कार्यक्रममा भाग लिन मलेसिया पुगेका छन् । उनीसँगै अरु केही चिनिएका कलाकार पनि मलेसियामा नै छन् ।
नायिका रेखा थापा भने कतारमा छिन् । ‘धुर्मुस-सुन्तली’ले निर्माण गरिरहेको गिरान्चौर बस्तीको सहयोगार्थ आयोजना भएको कार्यक्रममा उनी कतार पुगेकी हुन् । हाँस्य कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे पनि कतारमा छन् ।
Post a Comment