Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यो शनिबार भिक्ट्रीमा नरेन लिम्बु

काठमाडौं, १२ साउन । फेम नेपालले जुलाई महिनाको शृंखलामा गायक नरेन लिम्बुलाई प्रस्तुत गर्ने भएको छ । युवा पुस्तामाझ चर्चित नरेनले दरबारमार्गस्थित भिक्ट्री लन्जमा आउँदो शनिबार आफ्ना गीत पस्कन लागेका हुन् ।
#Naren_Limbu_Femnepal2
सन् २००३ मा सुदिप गुरुङका साथमा स्थापना गरेको ‘आस्था’ व्यान्ड र सोही ब्यान्डको नाममा निस्किएको एल्बमले रातारात नरेन र सुदिप नेपाली संगीतमा स्थापित नाम भए । आस्थामै समावेश भएका दुई गीत ‘हरपल’ र ‘एक मौका’ले दुवैको चर्चा आकासियो । तर दोस्रो एल्बम निस्कनु अघि नै सुदिप पढ्न लन्डन गएपछि नरेनले एक्लै नेपाली संगीतमा निरन्तरता दिइरहेका छन् ।
सुगम संगीत सुन्ने बानी परेकाहरुका लागि नरेनको गीत झट्ट बुझिदैन तर उनको संगीतमा पाइने गहिराईले स्रोतालाई गीत सितिमिति छोडाउन दिँदैन । सायद यही कारण पनि हुनसक्छ समयको बहावले थुप्रै गायक गायिका बिस्मृत हुँदा नरेन भने अहिलेसम्म पनि लोकप्रिय गायककै सूचीमा अटाउन सफल छन् ।
फेम नेपालले नरेनलाई ‘लाइभ म्युजिकल एरा २०१६’को छैटौं शृंखलामा प्रस्तुत गर्न लागेको हो । बेलुकी ९ बजेबाट सुरु हुने कार्यक्रममा नरेनले ‘मलाई भन्न आउँदैन’, ‘प्रायश्चित’, ‘एक मौका, ‘जिन्दगी मेरो’, ‘जुनी’, ‘बन्धन’, ‘अर्थ’ लगायतका दर्जनभन्दा बढी गीत सुनाउनेछन् ।
कार्यक्रममा सदाझैं नरेनको गायनपछि डिजेहरुको प्रस्तुति रहने आयोजक साइमान राईले बताए । फेम नेपालले हरेक अंग्रेजी महिनाको अन्तिम शनिबार गायक गायिकालाई एकल गायनमा प्रस्तुत गर्दै आएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget