Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओरियलले भदौमा फेसन शो गर्ने

काठमाडौं, १२ साउन । ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले ‘द ओरियन फेसन शो–२०१६’ गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी १० भदौमा फेसन शो गरिने जानकारी गराइएको हो ।
Press meet (6)
आर्मी अफिसर्स क्लबमा आयोजना हुने उक्त फेसन शोमा १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । फेसन शोबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छिन् ।
अश्विनी झाले कोरियोग्राफी गर्ने उक्त फेशन शोमा आधा दर्जन नायिकाहरुले समेत क्याटवाक गर्नेछन् । नायिकाहरु श्वेता खड्का, सम्पदा बानिया“, नीता ढुंगाना, अशिष्मा नकर्मीले फेसन शोमा सेलिब्रेटी वाक गर्नेछन् । फेसन शोमा ओरियल बुटिकका पहिरनहरु प्रदर्शन गरिनेछ । कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर–किशोरी, बेबी लाइफ होममा आश्रित एचआईभी पिडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।
‘द ओरियन फेसन शो–२०१६’ भदौ १० गते (अगष्ट २६) आर्मी अफिसर्स क्लबमा भव्य रुपमा आयोजना गरिनेछ । मनोरञ्जनात्मक गतिविधिहरुसहितको उक्त फेसन शोमा करिव ७ सय दर्शकको अपेक्ष्ाँ आयोजकले गरेको छ । फेसन शोमा विभिन्न चार वटा सिक्वेन्समार्फत पहिरन प्रदर्शन गरिने छ । फेसन शोको क्रममा सांगीतिक कार्यक्रम तथा नृत्यका कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget