Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मुखको दुर्गन्ध हटाउने उपाय

श्रावण १३, २०७३
राम्रो पहिरन, जुत्ता तथा महँगो परफ्युम लगाएर मात्र हुँदैन । मुख गन्हाउने समस्याका कारण अफिस तथा अन्य साथीका साथ बाहिर जाँदा उनीहरू आफूबाट दूरी कायम गर्न थाल्छन् । यस्तो अवस्थाबाट चिन्तितहरूले मुखबाट आउने दुर्गन्ध हटाउन घरेलु उपाय समेत अपनाउन सक्छन् ।
सौफ : कतिपयमा खाना खाएपछि सौफ खाने बानी हुन्छ । यस्तो बानीबाट सास गन्हाउनबाट जोगिन सकिन्छ । दिनहुँ २–३ पटक सौफको चिया पिउँदा पनि फाइदा हुन्छ । १ चिया चम्चा सौफ बिस्तारै–बिस्तारै चबाउने वा सौफको चिया पिउने । यसका लागि १ कप तातोपानीमा आधा चिया चम्चा सौफ मिसाएर ५–१० मिनेटसम्म उमाल्ने र त्यसलाई छानेर पिउने ।
पुदिना : पुदिनाको पात राम्रो माउथ फ्रेसनर हो । यसमा भएको क्लोरोफिल मिन्टले मुखको दुर्गन्ध हटाउने काम गर्छ । पुदिनाका केही पात चबाउँदा मुखको दुर्गन्ध  हराउँछ ।



दालचिनी : ग्रेबी तरकारी बनाउँदा अन्य मसलाका साथ दालचिनी पनि पिस्नुपर्छ । यसले मुखबाट आउने दुर्गन्धबाट टाढा राख्छ । दालचिनीमा पाइने तेलले मुखको दुर्गन्ध हटाउनुका साथै मुखलाई कीटाणुमुक्त पनि तुल्याउँछ । एक चिया चम्चा दालचिनीको धूलो १ कप पानीमा उमालेर चिसो भएपछि कुल्ला गर्नुपर्छ । यो उपाय दिनहुँ २–३ पटक अवलम्वन गरे मुखको दुर्गन्ध हट्छ ।

तुलसीको पात : औषधीय गुणले भरिपूर्ण तुलसीबाट धेरै फाइदा प्राप्त हुन्छ । दिनहुँ २–३ पटक तुलसीको पात चपाउँदा मुखबाट आउने दुर्गन्ध कम हुन्छ ।

ल्वाङ : कतिपयमा सानो बट्टामा ल्वाङ राखेर हिँड्ने बानी हुन्छ । यात्रा गर्दा ब्यागमा ल्वाङ राख्नेहरू पनि प्रशस्तै छन् । ल्वाङले अचानक लागेको खोकी पनि कम गर्छ । मुखबाट आउने दुर्गन्ध पनि ल्वाङको सेवनले कम हुन्छ । १–२ वटा ल्वाङ मुखमा लिएर चपाइरहँदा मुखको दुर्गन्ध कम हुन्छ । ल्वाङलाई चियामा पनि हालिन्छ । ल्वाङलाई कुटेर २ कप पानीमा ५ देखि १० मिनेटसम्म उमाल्ने र छानेर पिउने । यसलाई चिसो बनाएर कुल्ला गर्दा पनि हुन्छ ।

स्मार्ट टिप्स
–बाहिर जानुअघि धेरै चिल्लो तथा मसालेदार खाना नखाने ।
–बाहिर जानु छ भने प्याज तथा मुला खानुहुँदैन । यसले पनि मुखबाट नराम्रो गन्ध आउँछ ।
–आफ्नो नियमित भोजनमा भिटामिन सीयुक्त सामग्री समावेश गर्नुपर्छ ।
–बिहान–बेलुकी खाना खाएपछि राम्रोसँग ब्रस गर्नुपर्छ ।
–जिब्रो सफा गर्नुपर्छ । जिब्रोमा जमेको फोहोर पनि दुर्गन्धको कारण हुन सक्छ ।
–पर्याप्त पानी पिउनुपर्छ ।
–समय–समयमा दाँत चेकअप गराउनुपर्छ । पायरिया हुँदा पनि मुखबाट दुर्गन्ध आउँछ ।
–सुगर फ्रि चुइँगम चपाउनुपर्छ ।
–खाना खाएपछि राम्रोसँग मुख सफा गर्नुपर्छ । खानाको कण मुखमा रहँदा पनि गन्ध आउँछ ।
–लामो समय खाली पेट बस्नुहुँदैन  ।  खाली पेट बस्दा पनि मुखबाट गन्ध आउँछ ।


http://bit.ly/2anut7h
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget