Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोतिविन्दुः निको हुने अन्धोपन

मोतिविन्दु भनेको आँखाको नानी वरपर देखिने सेतो बादल अथवा सेतो धब्बा हो । जब हामी कुनै वस्तुलाई हेर्छौं, प्रकाशका किरण हाम्रो आँखाको नानी हुँदै रेटिनासम्म पुग्ने गर्छ । प्रकाशका किरण रेटिनामा पुग्नको लागि नानी सफा तथा पारदर्शी हुनुपर्छ ।
सामान्यतयाः बढ्दो उमेरसँगै हाम्रो आँखाका नानी कम लचिलो, कम पारदर्शी तथा मोटो हुने गर्छ । जसले गर्दा लेन्समा भएका प्रोटिन एकै ठाउँमा बस्नाले आँखाको नानी वरपरका भागमा वादल लाग्ने गर्छ ।
जोखिम कसलाई ?
बढ्दो उमेरसँगै मानिसमा मोतिविन्दुका समस्या देखिन्छ । सामान्यतयाः ७५ वर्ष नाघेका मानिस बढि जोखिममा हुन्छन् । त्यसबाहेक
· चिनी रोग
· धुम्रपान
· मोाटोपन
· उच्च उक्तचाप
· पहिले पनि आँखाको अपरेशन गरेको भए
· परिवारमा कसैलाई मोतिविन्दु भएमा
· घाममा धेरै हेरेमा
· पहिलेदेखि नै आँखाको समस्या भएमा वा आँखा सुन्निने समस्या भएमा
· दीर्घकालीन समयसम्म स्टेरोयड औषधीको प्रयोग
मोतिविन्दुको लक्षण
मोतिविन्दु प्रायः उमेरसँगै बढ्दै जान्छ । त्यसैले यसको लक्षण सुरुमै देखा नपर्न सक्छ । जस्तैः
· पीडारहित बादल, धमिलो देखिनु वा दृष्टि कम हुँदै जानु
· कम प्रकाशमा अथवा राती हेर्नमा कठिनाई हुनु
· प्रकाश वरिपरि हेर्न कठिनाई हुनु/संवेदनशील हुनु
· आँखाको नानी वरपर वादल हुनु
· हेर्दा फिक्का अथवा पहेँलो देखिनु
· पढ्दा अथवा अन्य काम गर्दा चहकिलो प्रकाशको आवश्यकता पर्नु
· समय समयमा आँखाको पावरमा परिवर्तन आउनु
· एउटै आँखामा दुईवटा दृष्टि उत्पन्न हुनु
पत्ता लगाउने तरीका
करिब चालीस वर्षको उमेरमा आँखाको चेकजाँच गराउनु उपयुक्त मानिन्छ । यदि तपाईमा मोतिविन्दुको संकेत देखा परे तुरुन्तै आँखा रोग विशेषज्ञसित सम्पर्क गर्नुपर्छ ।
समयमै आँखाको सम्पुर्ण चेकजाँच गरेमा अन्य कुनै कारणले हानी नोक्सानी गरेको पाइएमा समयमै उपचार गर्न सकिन्छ । त्यसैगरी धमिलो दखिएमा वा दृष्टि कमजोर भएमा समयमै पत्ता लगाई त्यसको उपचार गर्न सकिन्छ ।
मोतिविन्दुको उपचार
मोतिविन्दु विशेषतः उमेरसँगै बढ्दै जाने हुँदा यसलाई कम गर्न सकिँदैन । त्यसैगरी कुनै प्रकारको औषधि तथा आई ड्रपले यसलाई छुँदैन । यो समस्याको एकमात्र विकल्प भनेको आँखाको अपरेसन हो ।
आँखाको अपरेशन गर्दा तपाईको आँखाको नानी वरपर भएको सेतो वादल जस्तो जालोलाई बाहिर फालेर त्यसको ठाँउमा कृत्रिम लेन्सको प्रत्यारोप गरिन्छ । यसले तपाईलाई पुनः एकपटक राम्रोसित हेर्न मद्दत पर्छ । यस्ता अपरेशन गर्न लामो समय लाग्दैन । यो भरपर्दो पनि हुन्छ ।
जबसम्म मोतिविन्दुले तपाईको आँखामा नराम्रो असर गर्दैन, तबसम्म यो निकाल्न जरुरी छैन । कोही-कोही व्यक्तिमा चश्माको पावर बदल्नासाथ आँखाको देख्ने क्षमतामा परिवर्तन आउन सक्छ । त्यसैगरी, हाम्रो मान्यता विपरित मोतिविन्दु पाक्नुअघि नै पनि निकाल्न सकिन्छ । कतिपय अवस्थामा मोतिविन्दुलाई पाक्न दिएको खण्डमा त्यसले निको पार्न नसक्ने खालको दृष्टिको समस्या निम्त्याउन सक्छ ।
कसरी बच्ने ?
· यदि तपाई ६५ वर्षभन्दा माथिको हुनुहुन्छ भने हरेक वर्ष आँखाका चेकजाँच गराउनु उपयुक्त हुन्छ । त्यसैगरी कम उमेरको हुनुहुन्छ भने प्रत्येक दुई वर्षमा एकपटक आँखाको उपचार गराउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
· आँखालाई घामको विकिरणबाट जोगाउनु पर्छ । घाममा निस्कँदा चश्माको प्रयोगले विकिरणलाई हाम्रो आँखामा आउनबाट ९९ प्रतिशतसम्म रोक्ने गर्छ ।
· धुम्रपानलाई मोतियाविन्दुको प्रमुख कारकको रुपमा लिइने हुँदा यसबाट बच्न धुम्रपान नगर्न नै राम्रो मानिन्छ ।
· पढ्दा, लेख्दा तथा अन्य काम गर्दा सकेसम्म उज्यालो प्रकाशको प्रयोग गर्ने ।
· राति गाडी चलाउदा होस् पुर्‍याउने । यसले आँखामा पानी बग्ने, राति देख्ने समस्यामा कमी आउने गाडीको बत्तीको वरपर हुने चहकिलो किरणले भविष्यमा आँखाको समस्या निम्त्याउन सक्छ ।
· चिनी रोगबारे विशेष ध्यान दिने ।
· दिनदिनै गरिने काममा अवरोध सिर्जना भएमा सही चस्मा वा लेन्सको प्रयोग गर्ने ।
· मोतिविन्दुु लगायतका आँखाको कुनै पनि अपरेशन गर्नुपूर्व त्यसले निम्त्याउने जोखिमका बारेमा विशेषज्ञसित परामर्श लिनु उपुयुक्त हुन्छ ।
हिजोआज मोतिविन्दुको शल्यक्रिया विभिन्न अस्पताल तथा शिविरहरुमा निशुल्क पनि हुने गर्छ । उपचार गरेमा मोतिविन्दु समयमै निको हुने गर्छ ।
 (डा. इरिना कंसाकार ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, धापासी, काठमाडौंका कन्सल्टेन्ट अपथेल्मोलोजिस्ट हुन्)

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget