Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रजनीकान्तले तीन खानलाई पछारे !

काठमाडौं, ९ साउन । साउथ इन्डियन फिल्म स्टार रजनीकान्तको फिल्म ‘कबाली’ ले धुम मच्चाउँदै बलिउड बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । यससँगै यो फिल्मले बलिउडका तीन खान स्टार शाहरूख खान, आमिर खान र सलमान खानलाई पछि पारेको छ । रजनीको यस फिल्मले यी तीन खानका फिल्मका हालसम्मका ओपनिङ् रेकर्डलाई तोड्दै नयाँ रेकर्ड राख्न सफल भएका हुन् । शुक्रबार रिलिज भएको ‘कबाली’ भारतको घरेलु बजारमा मात्रै २५० करोड भारू कमाएको छ ।
rajanikanta
‘कबाली’को यो कमाइले शाहरूख खानको सन् २०१४ मा रिलिज भएको ‘ह्यापी न्यू इयर’को ४४.९७ करोडको किर्तिमानी कमाइलाई ठूलै फराकले पछाडी पारिदिएको छ। त्यस्तै ४०.०३ करोड कमाइका साथ सलमान खानको ‘प्रेम रतन धन पायो’ सूचिको तेस्रो स्थानमा रहेको छ ।
‘कबाली’ तमिलसहित डब संस्करणमा हिन्दी तथा तेलेगु भाषामा समेत रिलिज भएको थियो। फिल्म संसारभर करिब ८००० देखि १० हजार पर्दामा एकसाथ रिलिज भएको थियो । फिल्म अमेरिकामा ४८०, मलेसियामा ४९० तथा गल्फ देशहरूका किब ५०० पर्दामा रिलिज गरिएको थियो । रिलिज भएको पहिलो दिनमा फिल्मले बलिउडले सफलताको मानक मान्दै आएको १०० करोड भारूको कारोबार गरेको थियो जबकी बलिउडका ठूला स्टारका फिल्मले यति कमाइ गर्न ३ दिन लगाउने गर्छन् । (एजेन्सी)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget