Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अख्तियार विरुद्ध मानवअधिकार आयोगमा उजुरी


श्रावण १, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ गर्ने क्रममा ज्यादती गरेकोभन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । 

कृषि अनुसन्धान परिषद् (नार्क)का कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवलाई शुक्रवार साढे १ बजे पक्राउ गर्ने क्रममा कुटपिट र अमानविय व्यवहार भएकोभन्दै प्रत्येक्षदर्शीले आयोगमा उजुरी दिएका हुन् । बाँके बागेश्वरी २ खजुराका घनश्याम निरौलाले यादवलाई कोसेबाली अनुन्धान कार्यक्रम कार्यालयको उत्तरपट्टी निर्माणाधीन बोरिङ गृह नजिकै कुटपिट गरिरहेको आफूले देखेको बताएका छन् । 


किन कुटपिट गरेका भनी सोधपुछ गर्दा आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएकोभन्दै प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङको टोलीले उल्टै हप्काएको उजुरीमा उल्लेख छ । यादवलाई अख्तियारको टोलीले पक्राउ गरिसकेपछि पनि जथाभावी कुटपिट र गालीगलौच गरेका थिए । उनी हिलाम्ये थिए । उनको नाकबाट रगत बगेको थियो । सम्झाैता बमोजिमको बोरिङको मापदण्ड पूरा नभएका कारण बिल पास नभएको निहुँमा ठेकेदारले फसाएको यादवले बताएका छन् । 'ठेकेदारले फसाएको हो । मैले घुस लिएको होईन' उनले अख्तियार टोलीलाई भनेका थिए ।

अख्तियार टोलीले उनको कुरा नसुनी निरन्तर कुटपिट गरेको प्रत्येक्षदर्शीले दाबी गरेका छन् । ठेकेदारका कर्मचारीले यादवको टिसर्टमा जर्बजस्ती पैसा घुसाईरहेको र कुटपिटका क्रममा उनको नाकबाट रगत समेत आई केहीबेर बेहोससमेत भएको देखेको निरौलाले उजुरीमा उल्लेख गरेका छन् । घुस लेनदेन गरेकै अवस्थामा पक्राउ गरेको भए पनि स्वतन्त्र र निष्पक्ष ढंगबाट अपराधको अनुसन्धान गर्नु गराउनुपर्नेमा अख्तियारको टोलीले कुटपिट गरी 
सख्त घाईते बनाएको उजुरीमा भनिएको छ । आफूले पक्राउ गरेपछि अपमानजनक व्यवहार र कुटपिट किन गर्नुहुन्छ भनेर सोध्दा आफूलाई समेत हातपातको धम्की दिईएको निरौलाले आरोप लगाएका छन् । 
'अख्तियारको टोलीले आफ्नो नियन्त्रणमा लिईसकेपछि कुटपिट र यातना दिई सख्त घाईते बनाई अपमानजनक व्यवहार गरेको र सो स्थानमा उपस्थित     भएका आफूलगायतका व्यक्तिलाई पनि डर धाकधम्की देखाई आतंक मच्चाएकाले सचेत नागरिकको हैसियतले निवेदन दिएको हुँ' राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई सम्बोधन गरिएको निवेदनमा निरौलाले भनेका छन्,- दोषी प्रमाणित नभएसम्म अपराधीसमेत अभियुक्त मात्र हुने र आफ्नो नियन्त्रणमा लिई सकेपछि मानवोचित व्यवहार गर्नुपर्ने, यातना दिन नपाईने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मान्यता हुँदाहुँदै पनि अख्तियारको टोलीले खुलयाम मानव अधिकार र कानूनको शासनको ठाडै उल्लघन र आतंक मच्चाउने काम गरेकाले आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारवाही गर्न माग गर्दछु । 
यादवलाई अख्तियारको टोलीले हातपात र कुटपिट गरी सख्त घाईते बनाएकाले निजको तत्काल सरकारी अस्पतालबाट घाउजँाच केसफाराम गरी स्वास्थ्य उपचार गराउन पनि माग गरिएको छ । अख्तियारका सम्र्पक कार्यालय प्रमुख दीपक थापाले भने पक्राउपछि यादवको स्वास्थ्य जाँच गरेर हिरासतमा राखिएको बताए । 'समात्न खोज्दा धक्कामुक्का भएको हो' उनले भने,-'भाग्न खोजेकाले धक्कामुक्का गर्नुपर्‍यो । अपरेशनका क्रममा यस्तो सामान्य हो ।' 
आयोगमा क्षेत्रीय निर्देशक मुरारी खरेलले प्रमाणसहित पक्राउ गरेकोभए पनि अदालतले फैसला नगर्दासम्म कसैलाई दोषीको व्यवहार गर्न नपाईने बताए । 'अख्तियारले अनुसन्धान गरेर कानूनी प्रक्रियामा लैजाने हो । दोषी प्रमाणित गर्ने अदालतले हो' उनले भने,-त्यसरी कुटपिट गर्न र गालीगलौच गर्न मिल्दैन । 


http://bit.ly/29KDNVt
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget