Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भ्रष्टाचार गर्नेलाई छाड्नेवाला छैन : प्रधानन्यायाधीश कार्की

असार २७, २०७३- नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारीलाई नछाड्ने टिप्पणी गरेकी छन् । प्रधानन्यायाधीशको सपथ लिएर कार्यभार ग्रहण गरेकै दिन बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले आफ्नो कसैसँग रिस र द्वन्द्व नरहेको बताइन् ।
सुन्नुस् प्रधानन्यायाधीश कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्ता :
अन्तर्वार्ताको क्रममा उनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकी पूर्व सभासद सपना मल्लको बचाउ गरिन् । उनले सर्वोच्चलाई हाँक्नसक्ने र समग्र महिला समाजलाई नेतृत्व गर्न सक्ने व्यक्ति भएको भन्दै मल्लको बचाउ गरेकी हुन् ।
उनले आफू महिला भएकै कारण मात्र प्रधानन्यायाधीश नबनेको दाबी गर्दै अदालतमा महिला न्यायाधीश ल्याउने कुरामा विभेद रहेको बताइन् ।
पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी पद नछाडी मन्त्रिपरिषद्को अध्यक्ष बन्न गएको घटनाले अदालतलाई ठूलो घाटा पुर्‍याएको कार्कीले टिप्पणी गरिन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget