
नेपाली फिल्म 'बब'को प्लट चोरी गरेर निर्माण गरिएको भन्ने आरोप लागेको हिन्दी सर्ट फिल्म 'कृति'लाई भिडियो संजाल युट्युबले हटाइदिएको छ। युट्युबले प्रतिलिपी अधिकारको हनन भएको ठहर गर्दै शिरिष कुन्देर निर्देशित 'कृति'लाई हटाइदिएको हो। फिल्म चोरिएको आरोप लागेपछि शिरिषले आफूले फिल्मको प्लट चोरी नगरेको स्पष्टिकरण दिदैँ आइरहेका थिए।
त्यस्तै शिरीषले सोमबार अनिललाई व्यक्तिगत इमेल लेख्दै यस्तो आरोप नलगाउन धम्की दिएका थिए। युट्युब, भिमियोलगायत भिडियो वेबसाइटबाट तीन दिनभित्र ‘बब’ हटाउनुपर्ने, लिखित रूपमा माफी माग्नुपर्ने, सामाजिक सञ्जालमा कृति र शिरीषका बारेमा कुनै प्रतिक्रिया जनाउन नपाइने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको अनिले बताएका छन्।
Post a Comment