Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संसदमा बोल्न नदिएपछि सार्वजनिक मञ्चबाटै प्रधानमन्त्रीले कांग्रेसलाई जवाफ दिए 'भूकम्प पीडितका नाममा थोत्रो राजनीति नगरौं'

PM-KP-Sharma-Oli
१४ असार, काठमाडौं । भूकम्प पीडितलाई २ लाख रुपैयाँ दिनुपर्नेसहितका माग राख्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टममा उभिएर जवाफ दिन चाहे । पटक-पटक प्रयास गर्दा पनि संसदबाट जवाफ दिन नपाएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चलाई प्रयोग गरेर कांग्रेसले सदनमा उठाएका प्रश्नहरूको जवाफ दिएका छन् । 
मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेशनले मंग्लबार काठमाडौमा गरेको कार्यक्रममा सदनमा कांग्रेसले लगाएको सर्बै आरोपको जवाफ दिन प्रयास गरेका हुन् ।
 प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि जनताको पीडामाथि नागपासजस्तो फोहोरी खेल खेलेको आरोप लगाए । सत्ताको नेतृत्वमा रहेका बेला जनताले पाएको पीडालाई उपेक्षा गर्ने दलले अहिले तिनै जनताको नाममा थोत्रो र बेइमान राजनीति गरेको उनको आरोप छ ।
मुलुकसामू डेढ वर्षभित्र तीन वटा तहको निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनुपर्ने चुनौती रहेका बेला सबैभन्दा ठूलो दललाई नागपासको खेल खेल्न नसुहाउने उनले बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पबाट भत्किएका ८ लाख घर र अन्य भौतिक संरचना क्षणका क्षण निर्माण गर्न नसकिने भन्दै घर बनाउनका लागि सबै प्रभावितहरुलाई एकमुष्ट अनुदान दिनुपर्ने माग अव्यवहारिक भएको बताए ।
उनले अघिल्लो सरकारले नै किस्ताबन्दीमा अनुदान दिने निर्णय गरे अनुसार राष्ट्रिय पुनर्निमाण प्राधिककरणले काम गरिरहेको भन्दै कांग्रेसले आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई भुल्नु दुःखदायी भएको बताए । प्रभावितहरुको लगत संकलन र अनुदान वितरणमा राजनीतिकरण गरेको भन्ने कांग्रेसको आरोपको प्रतिवाद गर्दै उल्टै कांग्रेसमाथि नै को पीडालाई राजनीतिकरणको विषय बनाएको आरोप लगाए ।
आयोजकका अनुसार कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको थियो । तर, उनी अनुपस्थित रहे ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमाले र कांग्रेसको विवादमा पर्न चाहेनन् । मदन भण्डारीले जनताको वहुदलीय जनवादमार्फत तथा माओवादीले जनयुद्धमार्फत क्रमभङ्ग गरको भन्दै भन्दै उनले मुलुकको राजनीतिमा एमाले र माओवादी मिलेर क्रमभङ्ग गर्नुपर्नेमा जोड दिएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget