Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टाउकोमा ४० किलोको ढुंगा बोकेर किन हिँड्छन् यी पुरुष ?

stone_head
दुनियामा केही यस्ता मानिसहरु हुन्छन् जो अनौठा हर्कत गरेर चर्चामा आउँछन् । चीनको जिलिन सहरमा एकजना यस्तै चटकी छन् । ५४ वर्षका कोन्ग यान नामका ती मानिस आफ्नो टाउकोमा ढुंगा बोकेर हिँडिरहन्छन् । टाउकोमा ढुंगा बोकेर हिड्ने बानीकै कारण यिनको तस्वीर इन्टरनेटमा चर्चित बनिरहेको छ ।
आफ्नो दिनहुँ साँघुरा भन्दा साँघुरा गल्लीमा हिँड्नुपर्दा पनि टाउकोमा उक्त ४० किलोको ढुंगा बोकेर हिड्ने गरेको उनी बताउँछन्  । यसरी टाउकोमा विना काममा ढुंगा बोकेर हिड्नु उनको कुनै मानसिक अस्वस्थता होइन । वास्तवमा आफ्नो जिउको वजन घटाउनका लागि कोन्गले टाउकोमा झण्डै आधा क्विन्टलको ढुंगा बोकेर हिड्ने गरेका हुन् ।
आफुले तिन वर्षदेखि यसो गर्दै आएको र यसो गर्दा आफ्नो तौल ३० किलो सम्मले घटेको उनी बताउँछन् । त्यस्तो अभ्यास गर्नुअघि उनको जिउको तौल ११५ किलो थियो । जुन अहिले ८५ किलोमा झरेको छ ।
आफुले जिउको तन्दुरुस्तीका लागि टाउकोमा ढुंगा बोक्ने व्यायाम गरिरहको भएपनि मानिसहरुले भने अचम्म मान्ने गरेको र आफूलाई गलत सम्झिने गरेको उनको गुनासो छ । तर आफुलाई यसले कुनै फरक नपार्ने भएकाले व्यायाम जाी राख्ने र गिनिज बुकमा नाम दर्ज गराउनका लागि प्रयास अघि बढाउने उनी बताउँछन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget