Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बिरालोले आफ्नै मालिकलाई बनायो बन्धक, पुलिसले गर्नुपर्यो उद्धार

घरमा पालेको बिरालोले आफ्नै घरमालिकलाई बन्धक बनाउँछ भन्ने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो । तर अमेरिकामा भने यस्तै भएको छ ।
हालै विस्कन्सिनमा बस्ने एक दम्पत्तिले पुलिसमा फोन गरे र घरपालुवा विरालोले आफुहरुलाई घरभित्र बन्धक बनाएको उजुरी गरे । बिरालो पागल भएको र नियन्त्रणभन्दा बाहिर गएको र आफ्नो पतिमाथि हमला गर्न थालेको पुलिसलार्य फोन गर्ने महिलाको भनाई थियो । जसका कारण आफु र लोग्ने घरभित्र बन्धक बनेको र बिरालोबाट कसरी उम्किने भन्ने केहीँ सोच्न नसकेर उद्धारका लागि पुलिससँग गुहार मागेको उनको भनाई थियो । बिरालोको आक्रमणबाट बच्नका लागि आफुहरु एउटा कोठाभित्र ढोका बन्द गरी बसिरहेकेा र बाहिर निस्किन नसकेको उनले बताइन् ।
ती महिलाको गुनासोपछि पुलिसको एक टोली घटनास्थल पुग्यो । निकै दौडादौड पछि बल्ल पुलिसले बन्धककारी बिरालोलाई समात्यो र कोठाभित्र थुनिएका दम्पति पनि बल्ल राहतको सास फेर्दै बाहिर निस्किए । उक्त आक्रमणकारी तथा बन्धककारी बिरालोाई जनावर नियन्त्रण विभागमा बुझाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget