Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राउटरमा वाइ-फाइ पासवर्ड नराख्नु खतरनाक हुन सक्छ !



यदि तपाइँले घर वा अफिसको वाइ-फाइमा पासवर्ड राख्नु भएको छैन भने आजै राख्नुस् । किन भने राउटरको पासवर्ड नराख्नु खतरनाक सावित हुन सक्छ ।
पहिलो कुरा त राउटरमा पासवर्ड नराख्दा अरुले इन्टरेट डाटा प्रयोग गरिदिने खतरा हुन्छ भने त्यो भन्दा पनि खतरनाक तपाइँको कनेक्टिभिटीको माध्यमबाट कसले गलत काम गरेमा तपाइँ फस्नु हुन्छ ।
best_pace_for_router_1
कुनै पनि साइबर अपराधलाई राउटरको आइपी र म्याक एड्रेर लगायतका नेटवर्क डिटेलबाट पत्ता लगाउने गरिन्छ । यसकारण आफ्नो राउटरको पासवर्ड सेट गर्नु जरुरी छ । अझ आफ्नो वाइ-फाइको एन्क्रिप्ट गर्‍यो भने झनै राम्रो ।
वाइ-फाइ एन्क्रिप्ट गर्न कुनै कठिन हुँदैन । तर यसका लागि केही तरिका भने जान्नु पर्छ । WEP वाइ-फाइ एन्क्रिप्ट गर्ने पुरानो तरिका हो तर आज भोली ह्याकरहरुले सजिलै यो पासवर्ड पत्ता लगाइदिन्छन् ।

वाइफाइको पासवर्ड बिर्सिनुभयो? आफ्नै वाइफाइको पासवर्ड यसरी थाहा पाउन सकिन्छ…

वाइफाइ सिग्नल कमजोर आयो ? यी ९ काम गर्नुस्

WPA को अर्थ ‘वाइ-फाइ प्रोटेक्टेड एक्सेस’ । WPA र WPA2 मा एक छान्न सकिन्छ । तर WPA2 एन्क्रिप्शनका लागि उत्तम मानिन्छ ।
घरमा वा अफिसमा वाइ-फाइ प्रयोग गर्दा WPA-पर्सनल मोडमा प्रयोग गर्नु उचित हुन्छ । कुनै पनि डिभाइसमा वाइ-फाइ नेटवर्क सँग कनेक्ट गर्नका लागि उक्त डिभाइसको पासवर्ड जरुरी हुन्छ ।
तर ठूलो अफिस वा कम्पनीमा भने नेट सेक्युरिटीको लागि अर्कै सर्भर नै इन्स्टल गर्नु पर्ने हुन्छ ।

यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

तर कहिल्यै पनि आफ्नो वाइफाइ पासवर्ड नराखी नचलाउनुस् । किन भने साइबर अपराधीले तपाइँको नेटवर्क प्रयोग गरेर ठूला ठूला अपराध गरे भने तपाइँ सोंच्दै नसोंचेको झन्झटमा पर्न सक्नु हुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget