Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्राविधिकसहितको टोलीद्धारा खोलानाला र चुरे क्षेत्रको अनुगमन








कौशल निरौला ,



विराटनगर , वैशाख २८ गते । प्राविधिकसहितको टोलीले मोरङजिल्लामा रहेका बिभिन्न खोलानाला र चुरे क्षेत्रको अनुगमन गरेको छ ।

खोलावाटहुने ढुङ्गाजन्य पदार्थ उत्खननको अवस्था र निकासीका विषयमा जिल्लास्थित सम्युक्त अनुगमन समितिले आज अनुगमन गरेको हो । समितिले जिल्लाका गछिया, खरम खोला, चिसाङ र मावा खोलाको अनुगमन गरेको छ ।



अनुगमनका क्रममा वनक्षेत्रवाट ढुङाउत्खनन गर्दे गरेका ३ वटा ट्क्टरलाई पक्राउ गरिएको छ । बन र चुरे संरक्षण क्षेत्रभित्र रहेका खोलाको केही ठाउँमा ढुङ्गाजन्य पदार्थ उत्खनन भएको पाएको छ ।

जिल्ला विकास समिति, मोरङले ठेक्का लगाएका क्षेत्रहरुमा समेत मापदण्डभन्दा बाहिर उत्खनन गरिएको पाएको छ । कतिपय स्थानमा मापदण्ड विपरित भएका त्यस्ता कार्य तत्कालरोक्न निर्देशन दिएको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकारी दिनुभयो ।

जथाभावी रूपमा ढुङ्गा, गिट्टी उत्खनन गर्ने र मापदण्ड विपरितका काम हुन नदिन जिल्ला विकास समितिले उत्खनन भएका क्षेत्रको गहिराई समेत मापन गरेको छ । पानिको सतहभन्दा तलगएर भएका उत्खनन रोक्न पटक पटक अनुगमन गरिरहेको स्थानिय विकास अधिकारी नारायण मैनालीले जानकारी दिनु भयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget