Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पुलिस उपाधि नजिक

झापा  , बैसाख ३० गते । नेपाल पुलिस क्लब सताक्षी गोल्डकपमा बुधबार फाइनल प्रवेश गरेको छ । उसले आयोजक झिलझिले स्पोर्टिङ क्लब लाई सडन डेथमा ९–८ ले पराजित गर्‍यो ।

अब पुलिसले फाइनलमा बिहीबार हुने एपीएफ र रूपन्देही–११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । गणेशमान सिंह अध्ययन केन्द्रको मैदानमा उपस्थित घरेलु दर्शक हारपछि स्तब्ध बने ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । तर, टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडन डेथबाट अन्तिम छिनोफानो गरिएको थियो ।
सडन डेथमा आयोजक टिमका अनन्त तमाङ, योगेश गुरुङ, विशाल राई र सिकोले गोल गरे । गणेश खड्काको प्रहार पुलिसका किपरले रोके । पुलिसका कपिल ढकाल, रविन श्रेष्ठ, अजित भण्डारी, रवि पासवान र अनुप लिम्बूले गोल गरे । बंगबन्धु गोल्डकप र साग खेलमा सहभागी अधिकांश खेलाडी समेटिएको आयोजक घरेलु दर्शकको भरपूर समर्थनका बावजुद पनि पराजित भयो ।
खेलको पहिलो हाफ रोचक बन्यो । झन्डै एकतर्फी जस्तो खेलमा आयोजकले पुलिसलाई पूरै दबाबमा राखेको थियो । पहिलो हाफको २५ औं मिनेटमा आयोजकका कमल श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाए । विपक्षीको गोलपछि झन् दबाब झेल्यो पुलिसले ।
पहिलो हाफमा दबाबमा खेलेको पुलिसले दोस्रो हाफपछि रणनीति फेर्दै सुदृढ खेल प्रदर्शन गर्‍यो । दोस्रो हाफको ११ औं मिनेटमा पुलिसका रवि पासवानले आकर्षक गोल गरेर टिमलाई बराबरीमा ल्याए । कप्तान तथा डिफेन्डर अनन्त तामाङको गल्तीको फाइदा रविले उठाए र गोलकिपर विशाल श्रेष्ठलाई कुनै मौका नदिई बललाई पोस्टको दिशा दिए ।
३५ औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । तर, गोलको खुसी सेलाउन नपाउँदै खेल सकिन चार मिनेट बाँकी छँदा आयोजकका सिकोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
गणेश खड्काको कर्नर प्रहारलाई सिकोले हेडमार्फत जाली चुमाउँदा पुलिसका किपर सोजित गुरुङले रोक्ने अवसरै पाएनन् । एपीएफ र रूपन्देही–११ बीच बिहीबार खेल हुँदैछ ।


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget