Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

म्यानचेस्टरलाई अब गाह्रो

 लण्डन , बैसाख ३० गते  विन्सटन रेडले ८० औं मिनेटमा गरेको गोल मदतले वेस्ट ह्यामले मंगलबार राति म्यानचेस्टर युनाइटेडलाई ३–२ ले पराजित गर्‍यो । 

वेस्ट ह्यामले आफ्नो घरेलु मैदान बोलयेन ग्राउन्डमा भएको अन्तिम खेलमा पछाडि रहेको स्थिति उल्टाएर रोमाञ्चक जित निकालेको हो । हारले म्यानचेस्टरको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कठिन बनेको छ ।
खेल सुरु हुन अगाडि म्यानचेस्टरका खेलाडी रहेको गाडीमा वेस्ट ह्यामका समर्थकले आक्रमण पनि गरेका थिए । यता मैदानमा भने एन्थोनी मार्सलको दुई गोलले म्यानचेस्टर एक समय २–१ ले अगाडि थियो ।
यसअघि डिफ्रान साखोले १० औं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । माइकल एन्टोनियोले वेस्ट ह्यामका तर्फबाट बराबरी गोल गरेयता कप्तान रेडले निर्णायक गोल गरे ।
वेस्ट ह्यामले आफ्नो लन्डनको मैदानमा २ हजार ३ सय ९८ औं खेले खेलेको थियो र जितसहित त्यस मैदानबाट बिदाइ पनि लियो ।
अब म्यानचेस्टरले शीर्ष चारमा आफूलाई राख्ने हो भने अन्तिम दिनको खेलमा उसले बर्नमाउथलाई हराउनुपर्नेछ र त्यसै दिनको अर्को खेलमा म्यानचेस्टर सिटी स्वान्सी सिटीको हातबाट पराजित रहनुपर्नेछ । यो नतिजाले म्यानचेस्टर व्यवस्थापक लुइस भान गालमाथि फेरि दबाब बढेको छ ।
 
म्यानचेस्टरसामु अब युरोपा लिग खेल्नुपर्ने बाध्यता हुनेछ । त्यस अगाडि उसले एफए कपको फाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
अर्कोतर्फ वेस्ट ह्यामको यो जित व्यवस्थापक स्लेभन बिलिचका लागि सुखद रह्यो । वेस्ट ह्यामले लिगका पछिल्ला १५ खेलमा म्यानचेस्टरलाई हराएको यो पहिलोपल्ट हो । यो जितपछि वेस्ट ह्यामले साउथ ह्याम्पटनलाई उछिनेर युरोपा लिग खेल्ने सम्भावना बढायो ।
वेस्ट ह्यामले १ सय १२ वर्ष बोलयेन ग्राउन्डमा बिताएयता अब अर्को सिजनदेखि ओलम्पिक स्टेडियममा खेल्नेछ । त्यस ऐतिहासिक खेल भने प्रतिस्पर्धा सुरु हुन अगाडिको तनावले लगभग ओझेलमा पर्न गयो ।
खेल निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरु भएको थियो । खेल सुरु हुनुभन्दा अगाडि म्यानचेस्टर चढेको बसमा आक्रमण मात्र भएन, खेलकै क्रममा पनि मैदानमा म्यानचेस्टरका खेलाडीमाथि आक्रमणको प्रयास भएको थियो ।


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget