Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एपीएफ अन्तिम चारमा

 उर्लाबारी , बैसाख ३० गते । सशस्त्र प्रहरीको एपीएफ क्लब बुधबार मोरङको उर्लाबारीमा जारी पाँचौं मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । उसले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–१ ले पाखा लगायो । अब उसले फाइनल प्रवेशका लागि आयोजकसँग प्रतिस्पर्धा गर्नेछ ।

एपीएफका सन्तोष श्रेष्ठले खेलको आठौं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । हरि कार्कीले १५ औं मिनेटमा गोल गरी एपीएफलाई २–० को अग्रता दिलाए ।

चर्च ब्वाइजले ३८ औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएर खेलमा फर्कने संकेत देखाएको थियो । एपीएफका आदित्य चौधरीले डिबक्समा फल खेलेपछि पाएको पेनाल्टी अवसरलाई चर्चका अजय मोर्टिनसले खेर फालेनन् । एपीएफका लागि तेस्रो गोल ६७ औं मिनेटमा प्रवीन स्यान्तले गरे ।

उनले कप्तान नवीन लामाको पास सदुपयोग गरेका थिए । एपीएफका सन्तोष श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । नेपाल आर्मी र कञ्चनजंघा फुटबल क्लब भारतबीच बिहीबार खेल हुँदैछ ।


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget