Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नक्कली कागजात बनाएर विदेश पठाउने काममा संलग्न ७ जना पक्राउ


काठमाडौं, वैशाख २७ गते । प्रहरीले नक्कली कागजात बनाएर विदेश पठाउने काममा संलग्न ७ जना पक्राउ गरेको छ । प्रहरीले विभिन्न ठाउँमा छापा मारेर म्यानपावर र ट्राभल एजेन्सिका संचालक तथा निलम्बित कर्मचारी गरि ७ जना पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार विभाग सहितका विभिन्न ठाँउमा महानगरीय प्रहरी अपराध महाशाखाले एकै साथ छापा मारेर विभिन्न सामान सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इन्टरनेशन्ल ट्रेड लिंक प्रालिका सञ्चालक राजेश ढकाल र अमृत भन्ने निरप्रसाद ढकाल, राइस मेडिकेयर सेन्टरका सञ्चालक दिलकुमार लिम्बु, हिमालयन रेडपाण्डा ट्राभल एण्ड टुरका सञ्चालक फडिन्द्र तामाङ, राज एण्ड रोज ट्राभल एण्ड टुरका सञ्चालक राजेन्द्र विष्ट र सिटि ट्राभल एण्ड टुरका सञ्चालक बिनोद कार्की छन् । वैदेशिक रोजगार विभागका निलम्बीत कर्मचारी शुशिल शाक्यलाई पनि प्रहरीले पक्रेको छ ।
उनीहरु संगै राहदानी, मेडिकल रिपोर्ट, होलोग्राम ल्यापटप लगायत  नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
प्रहरीले नक्कली काजगातमा विदेश जान लागेका २ जना महिलाकाे उद्दार गरेको छ । विदेश जान लागेका माडथान ३ महोत्तरीकी उर्मिला श्रेष्ठ र दुवई हुँदै ओमन जान लागेकी स्याबुन १ संखुवासभाकी मुना बिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट  उद्दार गरेको हाे ।
पहिलो पटक विदेश जान लागेका उनीहरुलाई पूनः श्रम स्वीकृतिको कागजात बनाएर पठाउन लागेको एसएसपी खनालले जानकारी दिनुभयो । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget