Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कागतीको मूल्य अकासियो



काठमाडौं, वैशाख २८ गते । माग बढे पनि आयातका लागि भारतको मात्र भर पर्नु पर्ने बाध्यताले कागतीको मूल्य महंगिदै गएको छ । गर्मीको मौसममा कागतीको माग धेरै हुन्छ ।
शरीरलाई शितल दिनुका साथै कागतीले पानीले उर्जा समेत दिने भएकाले गर्मीमा यसको माग धेरै हुन्छ । तर स्वदेशमानै उत्पादन बढाउन नसक्दा हरेक वर्ष जस्तो कागती महंगिने गरेको छ । नेपालमा अनुकुल वातावरण भए पनि व्यवसायिक खेतीतर्फ किसानलाई आकर्षित गराउन नसक्दा कागतीको उत्पादन बढ्न नसकेको हो । काठमाडौंको बजारमा आज कागती किलोको एक सय ८० रुपैयाँ थोक मूल्य पुगेको छ ।
माग अनुसार भारतबाट आयात नभएकाले अझै महंगिने सम्भावना रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बजारमा आज धनियाँसहित अरु हरियो तरकारी पनि महंगिएको छ । खडेरीले उत्पादन नहुँदा तरकारीको भाउ बढेको हो । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget