Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आइपिएल : बैंग्लोरले पञ्जावलाई १ रनले हरायो


काठमाडौ , वैशाख २८ गते । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले किंग्स इलाभेन पञ्जावलाई एक रनले हराएको हो ।
 बैंग्लोरले प्रस्तुत गरेको एक सय ७६ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ७४ रन मात्रै बनायो । पञ्जावका कप्तान मुरली विजयले ५७ बलमा ८९, मार्कस स्टोइनिसले २२ बलमा नटआउट ३४ तथा हासिम अमलाले २० बलमा २१ रन बनाए पनि हार टार्न सकेनन् । बैंग्लोरका सेन वाट्सनले दुई विकेट लिए । 
यसअघि मोहालीमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो । उसका लागि एबी डी भिल्यिर्सले ३५ बलमा ६४, लोकेश राहुलले २५ बलमा ४२, सचिन बेबीले २९ बलमा ३३ तथा कप्तान विराट कोहलीले २१ बलमा २० रन बनाए ।
 पञ्जावका सन्दिप शर्मा र केसी कारिअप्पाले दुई दुई विकेट लिए । ९ खेलबाट ८ अंक जोडेको बै‌ग्लोर सातौं तथा १० खेलबाट ६ अंक जोडेको पञ्जाव पुछारमा छ ।

– एजेन्सी

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget