Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

धार्मिक पर्यटकीय केन्द्र बन्दै ‘हलेसी महादेव’



खोटाङ (हलेसी) । च्यापिएर, ठेलमठेल गरेर हलेसी महादेवको दर्शन गर्ने घुइँचो देखिन्छ अहिले । हलेसी महादेवको दर्शन गरेपछि सबैले आआप्mनै भावना व्यक्त गर्न उत्सुक हुन्छन् । कोही जन्मद्वार, केही धर्मद्वार, कोही पापद्वार अनि कोही गर्भद्वार र कर्मद्वारमा आउने र जाने क्रम जारी देखिन्छ । कोही गाईको थुनबाट दूध आउने प्रतिक्षामा छन् । कोही शङ्ख फुक्न त कोही ढाड दुःखेको ठीक गर्ने लाइनमा छन् अनि भन्दै छन् जय शम्भु...।    
खोटाङ जिल्लाको हलेसीस्थित माँझ किरात बस्तीमा रहेको सो मन्दिर झट्ट हेर्दा निकै अद्भूत लाग्छ । शिवपार्वती, गणेशलगायतका देवीदेवता विराजमान भएको हलेसीधामलाई अहिले पनि पूर्वका पशुपतिनाथ भनेर चिनिन्छ ।
सो मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा विशेष पूजा हुने गर्दछ । सोमवार र शनिवार भक्तजनको अलि बढी भीड हुन्छ । सङ्कटबाट बच्नका लागि भगवान् शिव आएर लुकेको हुनाले सो मन्दिरमा गई दर्शन गर्नाले सारा दुःखबाट छुटकारा मिल्ने विश्वास गरिन्छ । ‘पुराणमा भारत वर्षको हिमखण्ड भनेर हलेसी महादेवबारे वणन गरिएको छ, आदिमकालदेखि नै तपोभूमि तथा धार्मिक तीर्थस्थलको सङ्गम भनेर परिचित छ,’ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले भने । पहाडमा प्वाल परेर बनेको भगवान् शङ्करको यो मन्दिर कुनै व्यक्ति कालीगढ तथा सङ्घसंस्थाले निर्माण गरेको नभई भगवान् शङ्करको आफ्नै  रचना भएको भन्ने विश्वास छ । अध्यक्ष राईका अनुसार यो मन्दिरको उत्पत्ति परापूर्व कालदेखि नै भएको हो । यहाँ हिन्दूधर्म, बुद्ध धर्म, किरात धर्म मान्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
सो मन्दिरमा २०६२ साल मङ्सिर १ देखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरको पूजा कर्म हुँदै आएको छ । गिरी पुजारी राख्ने चलन छ । मन्दिरको २६ रोपनी जग्गामा महादेव र पार्वतीको मन्दिरसहित बसाहा र भैरव गुफा छ । गतवर्ष सुनकोशी पुल बनेपछि भक्तजनको सङ्ख्या बढ्दै गएको छ । वार्षिक १७/१८ लाख रुपैयाँ भेटी सङ्कलन हुने गर्दछ । मन्दिरको व्यवस्थापन, पुजारी गरी मासिक रू. ४५ हजार खर्च लाग्छ । मन्दिरमा एक मूल पुजारी र दुई बाल पुजारी छन् । सुनकोशीमा पुल बनेपछि हलेसीमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनेको र लदर्शनार्थीसमेत  बढेको राइले बताए ।
जल चढाउनै पाउँदैनन् भक्तजन
हलेसीमा पानीको निकै हाहाकार छ । दर्शन गर्न आउने भक्तजन आफैंले पानी बोकेर जानुपर्ने अवस्था छ । भक्तजनले महादेवलाई जल चढाउनसम्म पाउँदैनन् । जल चढाउने पानीसम्म नहुँदा सुनकोशीबाटै पानी ल्याएर जल चढाउनुपर्ने अवस्था छ । सुनकोशीमा पानी बगेर खेर गइरहेको छ । तर त्यहाँका जनप्रतिनिधिको ध्यान त्यहाँ पुग्न सकेको देखिँदैन । ‘खोलाबाट पानी ल्याउनुपर्ने हुन्छ, ४५ किमीबाट पानी ल्याउनुपर्छ, ट्याङ्करबाट दुई रुपैयाँ लिटर पानी ल्याउनुपर्छ,’ अध्यक्ष राईले भने । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget