Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

१५ दिनभित्रै ६ वटा शव, आफन्तको पत्तो लागेन



बुटवल , वैशाख २३ गते । अस्पतालमा मृत्यु भएका तथा अन्य स्थानमा मृत्यु भई पोष्टमार्टमका लागि ल्याइएका शवका सम्बन्धित आफन्त पत्तो नलाग्दा लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन टाउको दुखाइको विषय भएको छ।

केही समयपहिले १२ वटा बेवारिसे शव व्यवस्थापन गरेको १५ दिन नबित्दै लुम्बिनी अञ्चल अस्तालतको शव राख्ने फ्रिज (मर्चरी) फेरि भरिएको कारण थप समस्या भएको अस्पताल विकास समितिले जनाएको छ। 

अस्पतालमा १५ दिनको अवधिमा ६ वटा बेवारिसे शव जम्मा भएका हुन्। अस्पतालमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मी मर्चरीमा एक साता अगाडिदेखि राखिएका शव व्यवस्थापन हुन नसक्दा अस्पतालमा पुनः दुर्गन्ध फैलिन थालेको बताउँछन्। समयमै उपमहानगरपालिकाले बेवारिसे शवको व्यवस्थापन गर्न नसक्दा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ।

अस्पतालमा रहेको मर्चरीको क्षमता ६ ओटा शवको मात्र हो। गत चैत १७ गते एक महिनापछि बुटवल उपमहानगरपालिले अस्पतालमा जम्मा भएका १२ शव व्यवस्थापन गरेको थियो। बेवारिसे शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्छ। तर, शव व्यवस्थापन गर्न स्थायी ठाउँ नहुँदा उपमहानगरपालिकालाई  टाउको दुखाइको विषय बनेको छ। उचित स्थान नभएसम्म शव व्यवस्थान गर्न नसकिने बुटवल उपमहानगरपालिकाले बताएको छ।

अस्पताल विकास समितिका  सदस्य टंक पराजुलीले शव व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा थप समस्या भएको बताए। ‘यसरी जम्मा भएका शव जलाउन नपाइने व्यवस्था रहेछ, अनिवार्य रुपमा गाड्नुपर्ने भएको कारण पनि जग्गा अभावको समस्या उत्पन्न भएको हो,’ उनी भन्छन्, 'अञ्चल अस्पताल विकास समितिले यस विषयमा बुटवल उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय भइसकेको छ।'
शव व्यवस्थापन नहुँदा गर्मीको समयमा दुगन्ध फैलिने समस्या बढेको छ।

नयाँ ठाउँको टुंगो नलाग्दासम्म शव उठाउन नसकिने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का बताउँछन्। उनले जग्गा अभावका कारण थप समस्या सिर्जना भएको भन्दै आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिए।

पछिल्लो समय बुटवल तथा आसपासको क्षेत्रमा बेवारिस शव फेला पर्ने क्रम बढ्दै गएको छ। उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शव बुटवल–४ मैनाबगरमा व्यवस्थापन गर्दै आए पनि उक्त स्थान मानव बस्तीले भरिएपछि नयाँ स्थानको खोजी भइरहेको हो। नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ मा १०१ शव व्यवस्थापन गरेको थियो।

चालू आवको हालसम्मको अवधिमा २८ वटा शव व्यवस्थापन भएका छन्। बेवारिसे शव अधिकांश मधेसी मूलका मानिसको रहने गरेको अस्पतालको भनाइ छ। उपमहानगरपालिकाले शव व्यवस्थापन गर्न पुराना घाट, सामुदायिक वन वा सार्वजनिक जग्गाको खोजी गरिरहेको बताएको छ। यहाँ एक महिनामा सरदर १५ वटा शव संकलन हुने गर्छ।

जिल्लाका जुनसुकै स्थानमा फेला परेका शव तथा अस्पतालमा आएका दुर्घटनाका मृतकको शव सनाखत गर्न अस्पतालमै राखिने गरिन्छ। - कृष्ण खनाल , पहिलो पोस्टबाट 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget