Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा

                                     

                       महोत्सव ९ दिनसम्म चल्ने

 उदयपुर , वैशाख २३ गते  । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवका लागि अहिले २ सयसम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार तयारी अन्तिम चरणमा पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गजेन्द्र भगतले बताए ।

गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रमा सञ्चालन हुन गइरहेको पूर्वाञ्चल महोत्सवमा यस पटक सहभागी हुन आउने आगन्तुकका लागि छुट्टै मनोरञ्जन सुविधाको व्यवस्था गरिएको आयोजक त्रियुगा उद्योग वाणिज्य सङ्घले बताएको छ । चितवनबाट हात्ती झिकाइएका कारण महोत्सवमा हात्तीबाट पर्यटक तथा आगन्तुकलाई गाईघाट बजार क्षेत्र सवार गराइने व्यवस्था रहेको छ ।
यस्तै, हेलिकप्टरबाट जिल्लाको प्रसिद्ध ऐतिहासिकस्थल चौदण्डी गढी र धार्मिकस्थल रौता, पञ्चावती गढी सहितका स्थानमा पर्यटक र आगन्तुकलाई प्रत्यक्ष भ्रमण गराइने व्यवस्था गरिएको आयोजकले बताएको छ । यसका लागि अहिलेदेखि नै टिकट बुकिङ खुल्ला गरिएको छ ।
महोत्सवमा जिल्लामा उत्पादन हुने वस्तुको बिक्री र प्रदर्शनीलाई विशेष जोड दिइने सङ्घका अर्का वरिष्ठ उपाध्यक्ष भरत राईले बताए ।
यसपटक महोत्सवको मुख्य लक्ष्य भनेको जिल्लामा उत्पादित वस्तुको परिचय गराउनु र बिक्री गर्नु तथा जिल्लाभित्र रहेका महत्वपूर्ण पर्यटक, ऐतिहासिक तथा धार्मिकस्थलका बारेमा महोत्सवमा सहभागी आगन्तुकलाई भ्रमण गराउनु र जिल्लाको परिचय गराउनु रहेको सङ्घका अध्यक्ष भगतले बताए ।
नौ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा करीब दुई करोडभन्दा माथिको आर्थिक कारोबार हुने र अढाइ लाखसम्म आगन्तुक पर्यटक महोत्सवमा सहभागी गराउने आयोजकले बताएको छ ।  रासस

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget