Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सडक दुर्घटना: सानो गल्ती, ठूलो क्षति

काठमाडौँ , चैत्र ६ गते । ब्रबिम कार्की । केही समयअघि म र साथी एकजना आफन्त पर्खिरहेका थियौँ, गाडीलाई सडकको किनारामा रोकेर । पछाडिबाट एउटा स्कुटरले जोडले हान्यो, हामीले रोकिराखेको गाडीलाई ।

Brabim-karki_162860601

स्कुटरमा सवार चालक र यात्रु उछिट्टिए । बाटो सुनसान जस्तै थियो । बालुवा भएकाले उनीहरूलाई खासै चोटपटक लागेनछ, तर स्कुटर भने कच्याककुचुक भयो ।

जो चोर उसैको ठूलो स्वर भनेझैँ उनीहरू नै जंगिदै आएर क्षतिपूर्ति माग्न थाले । बिनागल्ती किन क्षतिपूर्ति दिने भनेर हामीले जवाफ दियौँ । हामीबीचको विवाद सुनेर ट्राफिक प्रहरी आएर स्कुटरको पक्षमा बोल्न थाल्यो । उसको तर्क थियो– हाम्रो गाडी ठूलो भएकाले नियमअनुसार क्षतिपूर्ति हामीले नै दिनपर्छ । जति प्रतिवाद गरे पनि हाम्रो केही लागेन । उल्टै हामीलाई धम्क्याइयो मुद्दा लगाएर जेल हाल्ने भन्दै । अन्ततः बैंकबाट पैसा झिकेर क्षतिपूर्ति बेहोर्‌यौँ ।



हामीकहाँ कुनै सडक सुरक्षित छैनन् । ट्राफिक व्यवस्था र नियम पनि प्रभावकारी छैन, फितलो छ । यसका कारण लापरबाही बढी हुन्छ र बर्सेनि थुप्रै सवारी दुर्घटना हुने गर्छन् । सार्वजनिक यातायात सहरी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । यसको व्यवस्थापन र कानुनको पालनामा सामान्यतः तलमाथि हुँदा पनि सर्वसाधारण जनताले ठूलो सास्ती भोग्नुपर्छ । सामान्य गल्ती हुँदा पनि सजाय भोग्नुपर्छ । गल्ती नगर्ने सडकका किनारामा रोकिइराखेका सवारीले पनि सजाय भोग्नुपर्छ, पहुँच, तर्क आदि गर्न सक्ने क्षमताको अभावमा ।


त्यस्तै कुनै गाडीको ठक्करले कोही घाइते भएमा त्यस गाडीका साहु वा ड्राइभरले घाइतेको उपचार गर्नुपर्छ । तर घाइतेको मृत्यु भएमा गाडीवाल निश्चित रकम बुझाएर उम्कन पाउँछन् । यसले पनि सवारी दुर्घटना बढाएको छ । यस्तै थानकोटमा भएको अर्को घटना छ । म सडक किनारामा हिँडिरहेको थिएँ । सडक पारिपट्टि एकवना पैदलयात्री भारी बोकेर हिँडिरहेको थियो । एक ट्रकको ठक्करले त्यो व्यक्ति भुइँमा पछारियो । उसलाई खासै चोटपटक लागेको थिएन । उनी कराउँदै थिए, मलाई खासै चोट लागेको छैन, तर ती ट्रकले गाडी ब्याक गरेर त्यो व्यक्तिलाई मारिदियो ।


नेपालमा यस्ता घटना हुनुको पछाडि ट्राफिक नियम–कानुनका अस्पस्टता र त्रुटि नै हुन् । सरकारले पनि यस्ता घटनामा स्पष्ट र उचित नियम बनाएर कार्यान्वयनमा जानुपर्छ । ड्राइभरकै गल्तीको कारणले पैदलयात्रुको मृत्यु भएमा सरकारले त्यसबापत लाग्ने जरिवाना र सजायमा पनि उचित वृद्धि गर्नुपर्छ, जसले गर्दा उल्लिखित घटना हुन नपाओस् । दोष खाली गाडीवाल वा ड्राइभरको मात्र हुँदैन, पैदलयात्रुको पनि हुन सक्छ ।


काठमाडौँका व्यस्त चोकहरूमा आकासे पुल छन्, तर मानिसहरू जानीजानी सडकबाटै आवतजावत गर्छन् । नजिकै रहेका ट्राफिक प्रहरी पनि त्यसबेला मूकदर्शक बनिदिन्छन् । यसले गर्दा अनावश्यक जाम हुन्छ ।


आकासे पुलबाट हिँड्दा दुई पाइला ढिलाइ भए पनि यो सुरक्षित हुन्छ भन्ने महसुस गर्दैनन्, वटुवा पनि । वास्तवमा जनचेतना भएर पनि वटुवाहरूले हेलचक्र्याइँ गर्दा पनि सवारी दुर्घना बढ्ने गरेका छन् । एकताका प्रहरीले चक्लेट, फूल बाँडेर भए पनि यो नियम लागू गर्न खोजेको थियो, तर त्यो पनि धेरै दिन टिकेन । सबैभन्दा समस्या पढेलेखेका व्यक्ति पनि नियम–कानुन मान्दैनन् । यसैकारणले दुर्घटना हुने गर्छ ।


कहिलेकाहीँ जेब्रा क्रसिङ नाम मात्रको जस्तो लाग्छ । विदेशतिर जेब्रा क्रसिङ आएपछि पैदलयात्रु छन् भने सबै गाडी रोकिन्छन् र उनीहरूलाई प्राथमिकता दिन्छन् तर यहाँ ठ्याक्कै उल्टो छ । जब जेब्रा क्रसिङ आउँछ तब गाडी, मोटरसाइकलवालाले आफ्नो स्पिड बढाउँछन् ।


यहाँको कानुन कार्यान्वयन पक्ष नै कमजोर भएरै सडकमा सवारी व्यवस्था अस्तव्यस्त भएका हुन् । कतिपय अवस्थामा त भ्रष्टाचार र सोर्सफोर्स पनि कानुन कार्यान्वयनमा व्यवधान खडा गर्छन् । केही नियम तोडिहालेमा सोर्सफोर्स लागेर उम्किने गर्छन् । जसले गर्दा मनोमानी बढेको छ । कतिपय घटनामा त लाइसेन्स नबोकी हिँड्नुस्, उस्तै घुस्याहा प्रहरीले समात्यो भने पैसा दिएर छुट्न कुनै गाह्रो हुँदैन । यसरी नियम–कानुनको रक्षा गर्ने नै घुस्याहा भएपछि जनताले के आशा गर्ने ?


ट्राफिक प्रहरीहरू रातो बत्ती बालेर आएका मन्त्री वा विशिष्ट व्यक्तिको लागि सड्क खुला पारिदिन्छन्, तर त्यो एम्बुलेन्सलाई वास्तै गर्दैनन् । यस्ता विडम्बना अन्त्य गर्ने कसले ?

सडकमा खेप्नुपर्ने अर्को समस्याका कारक हुन् विशिष्टको सवारी र बेलाबेलामा हुने गरेका जुलुस आन्दोलन । राष्ट्रपति, प्रधानमन्त्रीजस्ता विशिष्ट व्यक्तिको सवारी हुँदा त्यसको परिणाम साधारण जनताले भोग्नुपर्ने हुन्छ । विशिष्ट व्यक्तिको सवारीले गर्दा जनता घन्टौँ जाममा बस्न बाध्य हुन्छन् ।


केही वर्षपहिले राष्ट्रपतिको सवारीले सडक जाम भयो । एम्बुलेन्समा रहेका एक बिरामीको समयमै अस्पताल पुर्‌याउन नसकेर मृत्यु भएको थियो । कुनै दल वा संघसंगठनले जुलुस, आन्दोलन गरे वा कुनै जातजातिले आफ्नो चाडपर्व मनाउन पनि पूरै सडक ढाकिदिन्छन् जसले गर्दा सर्वसाधारण जनता घन्टौँ जाममा फस्न बाध्य हुन्छन् । ट्राफिक प्रहरीहरू रातो बत्ती बालेर आएका मन्त्री वा विशिष्ट व्यक्तिको लागि सड्क खुला पारिदिन्छन्, तर त्यो एम्बुलेन्सलाई वास्तै गर्दैनन् ।


यस्ता विडम्बना अन्त्य गर्ने कसले ? आखिर विशिष्ट व्यक्तिको लागि त्यति धेरै सुरक्षाका गाडी किन चाहियो ? उनीहरूलाई आफ्नै जनतासँग पनि त्यत्रो डर ? उनीहरू जनताका सेवक होइनन् र ? विकसित राष्ट्रमा प्रधानमन्त्री, राष्ट्रपतिहरू यस्ता सुविधा कमै लिन्छन्, लिए पनि उनीहरूको सवारी हुँदा जनताले दुःख पाउनुपर्दैन ।


यहाँ त भूतपूर्व प्रधानमन्त्री, मन्त्रीको सवारी हुँदा पनि जनताले दुःख पाउँछन् । चाहिएमा पनि उनीहरूको सवारी हुँदा वैकल्पिक बाटोको व्यवस्था वा जनतालाई पूर्वसूचना दिने व्यवस्था गर्नुपर्छ । अनि दलहरूले आन्दोलन गरेमा वा कुनै जातजातिले चाडपर्व मनाउँदा सवारीसाधनलाई अवरोध नहुने गरी र्‌याली आयोजना गर्नु आवश्यक छ ।


जनता र चालकले पनि नियम–कानुनको पालना गर्नुपर्छ । चालक जहाँ मन लागे त्यहीँ गाडी रोकिदिन्छन् । अझ मोटरसाइकलका चालकलाई सबैभन्दा बढी हतार हुन्छ । उनीहरू जहाँ मन लागे त्यहीँबाट मोटरसाइकल छिराउँछन्, पैदलयात्री हिँड्ने बाटोबाट पनि मोइटरसाइकल ल्याइदिन्छन् । सडकका बीचबीचमा चौपाया बस्ने गर्नाले पनि सवारी जाम हुने गर्छ ।


जब नियम–कानुन कार्यान्वयनको पक्ष बलियो हुन्छ, मानिसहरू नियम मान्न बाध्य हुन्छन् । ठाउँठाउँमा सीसीटीभी क्यामेरा जोडेर कानुन तोड्नेलाई त्यसैअनुसारको सजाय गर्नुपर्छ । जब सडकमा गुड्ने सवारीसाधन व्यवस्थित हुन्छन्, त्यसले सभ्यता पनि झल्काउँछ । जनतासँग दिनहुँ प्रत्यक्ष सरोकार राख्ने यस्तो विषयमा सरकार पनि गम्भीर हुनुपर्छ ।


- See more at: http://annapurnapost.com/News.aspx/story/45625#sthash.fa1HIXZG.dpuf
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget