Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उत्तर कोरीयाद्वारा फेरि अर्को क्षेप्यास्त्र

काठमाडौँ , चैत्र ६ गते ।  अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाद्वारा पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणका क्रियाकलापहरु अमेरिकाले नजिकबाट नियालीरहेको जानकारी दिनुभएको छ ।

koria-660x330-1-430x330

उहाँले उत्तर कोरियाले उत्तेजक मात्रामा आफ्ना क्रियाकलामहरु अघि बढाइरहेको भन्दै यसले उसलाई कुनै पनि हालतमा फाइदा नपु¥याउने धारणा पनि राख्नुभयो ।

उहाँले क्षेप्यास्त्र परीक्षणको काम तत्कालै रोक्न र संयमता अपनाउन अमेरिकाले बारम्बर गर्ने गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको पनि बताउनुभयो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको सूचना जारी गरेको भोलिपल्ट उहाँको यो भनाई आएको छ ।उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

उत्तर कोरियाले बिहीबारमात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो ।

बिहीबार बिहानै गरिएको यस्तो क्षेप्यास्त्र मध्यम दुरीको भएको बताइएको छ । यस क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा अघि कम्तीमा पनि ८०० किलोमीटर लामो यात्रा गरेको थियो ।

योनहाप समाचार समितिले दिएको जानकारीअनुसार सो क्षेप्यास्त्र बिहीबार उत्तर कोरियाको पूर्वी भूभागलाई लक्ष्य गरेर गरिएको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो ।

यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री केरीले यसका विरुद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरु लागिपरेको भन्दै उत्तरलाई दबाब दिने काम नरोकिने र दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त सहकार्य जारी नै रहेको पनि बताउनुभयो ।

गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो । लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोेरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ । साथै उसले आफूलाई आणविक परीक्षण गर्ने कामबाट कसैले पनि रोक्न नसक्ने चेतावानी दिदै आएको छ । ह्वाइटहाउसले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा अमेरिकाले लगाएको यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको ऊर्जा, खानी क्षेत्र एवम् वित्तीय क्षेत्रमा पनि नकारात्मक असर पार्नेछ । बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि यसको असर पर्ने एक अर्को समाचारमा बताइएको छ । रासस

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget