Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सार्वजनिक सुनुवाईमा गुनासो पोको !

धरान, चैत्र ६ गते ।  धरान उपमहानगरपालिकाले उपमहानगरपालिका बनिसकेपछि सबै क्षेत्रका जनताको गुनासो सुन्ने अभिप्रायले गरेको सार्वजनिक सुनुवाईमा नगरबासीले उपमहानगरपालिकाले गरेको कामको प्रशंसा भन्दा पनि गुनासो पोको मात्र थोपरेका छन् ।

sarbajanik-sunuwaima-gunasai-gunaso

धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइने सेवा चुस्त दुरुस्त भए नभए, विकासका कामहरुले कतिको गति लियो, उपमहानगरपालिकाका कर्मचारीहरुले सेवाग्राहीको काम कारबाही कस्तो ढंगले गरेका छन् यी सम्पूर्ण कार्यमा भएका त्रुत्रीहरुलाई कसरी सुधार्दैै लाने भन्ने विषयमा धरान २३ पाचकन्या सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा गरेको सार्वजनिक सुनुवाईमा सबैले उपमहानगरपालिकाले गरेको काम भन्दा पनि उपमहानगरपाकिलो गरेको हेलच्याक्राइका विषयमा बढी चर्चा भएका थिए ।
धरान नगरपालिका उपमहानगर पालिका बनेको एक बर्ष भन्दा बढी समय वितिसक्दा समेत पिछडिएका क्षेत्रमा कुनै योजना नल्याएको उनीहरुको गुनासो छ । १९ बाट एकैपटक २७ वडा बनेको उपमहनगरपालिकाको थपिएका क्षेत्र जस्तातस्ताको तस्तै भएको गुनासो गर्दै उपमहानगरपालिकाले करमात्र हैन यस्ता क्षेत्रमा विकासका योजना ल्याउन समेत आग्रह गरे ।
सर्वसाधारणले धरान उपममहानगरपालिकाक कर्मचारीहरु भ्रष्ट प्रविधि भएको योजना र नगरपालिकाले ल्याउने योजनाहरु रकमको भरमा पहुच भएको स्थानमा दिने गरेको गुनासो गर्दै आफूहरुले गाविसबाट उपमहानगरपालिका भएको महसुस अहिलेसम् गर्न नपाएको गुनासो गरेका छन् । महिलाको वृत्ति विकासका लागि आउने विभिन्न प्रकारका तालिम समेत ग्रामीण भेगमा आउन नसकेको उनीहरुको भनाई छ ।
यस्तै विकासका काममा समेत पहुचवाला र रकम दिएपछिमात्र काम हुने नभए कर्मचारीहरुले फाइलै नसारिदिने गुनासो गरे । टोलबासी नै लागेर थालेको बाटो निर्माणको काममा समेत नगरपालिकाले कहिल्यै चासो नदिएको उनीहरुको गुनासो छ । सम्पूर्ण गुनासाहरु सुनिसकेपछि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले नगरपालिकामा भएका कमी कमजोरीलाई सुधार्दै लाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कर्मचारीका भएका ढिलासुस्ती, भ्रष्टचारीको विषयमा आफूले कडाइका साथ निगरानी राख्ने प्रतिबद्धछा व्यक्त गर्नुभयो । यस्तै धरान उपमहानगरपालिकाका योजना अधिकृत इन्जिनियर सुरज श्रेष्ठले बजेटकै अभावमा कारण विगतका भएका थाती रहेका कामलाई यसबर्ष ७५ प्रतिशतमात्र काम गर्ने र बाँकी काम आगामी बर्षहरुमा गर्दे जाने बताउनुभयो ।
धरानउपमहानगरपालिकाको आयोजना, अभियान नेपाल इटहरीको सहजीकरण र महिला सञ्जाल धरानको व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाईमा राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारण, महिला, विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले सबै क्षेत्रलाई समेटेर समग्र धरानको विकासमा लाग्न नगरपालिकालाई आग्रह गरेका थिए ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget