
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा शशांकले दिएको अभिव्यक्ति अर्थपूर्ण रहेको उनले बताए ।
शनिबार राजधानीमा भएको कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महामन्त्री शशांक कोइरालाको नाम नलिई भने-‘संघीयता आवश्यक छैन, धर्मनिरपेक्षता आवश्यक छैन भनेर ठूलै पार्टीको एक जना निर्वाचित ठूलै नेताले भनिसक्नु भो । तपाई हिसाव गर्नुहोला ।’
कांग्रेसको महाधिवेशन अघि शशांकले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नु पर्ने बताएका थिए । कांग्रेसको १३औं महाधिवेशनले शशांकलाई महान्त्रीमा निर्वाचित गरेको छ ।
उनले माओवादी पार्टीहरुबीच तत्काल एकता नगरिए पाएका उपलब्धिहरु पनि गुम्ने खतरा रहेको बताए । संविधानको कार्यान्वयन गरी थप उपलब्धि हासिल गर्नका लागि विगतका गल्ती कमजोरीको समीक्षासहित पार्टी एकता गरेर संघर्ष गर्न आवश्यक रहेको उनले बताए ।
Post a Comment