Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चाडाे पाइपलाइन बिच्छयाउ : भारत

काठमाडौँ, फाल्गुन ३० गते । इन्डियन  आयल कर्पोरेसनले रक्सौल अमलेखगन्ज ४१ किलोमिटर पेट्रोलियम लपाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्र पठाएको छ ।

crude-oil-pipe

आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साता अघि आइओसीले पाइपलाइन परयोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिएको छ  ।

आइओसीले आफ्नोपटि्टबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट के तयारी भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने, ‘पाइपलाइका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिरहेको छ ।

पाइपलाइन निर्माण बारे ७ भदौमा नेपालका तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम राज्यमन्त्री धमेन्द्र प्रधानले सम्झौता गरेका थिए । पाइपलाइन आइओसीले आफ्नै खार्चमा निर्माण गरिदिने सम्झौता छ । सम्झौता लगत्तै निर्माण गरिने भनिएको भएपनि भारतले गरेको नाकाबन्दीका कारण पाइपलाइन निर्माण कार्य रोकिएको थियो ।

नेपाल तर्फ ३९ किलोमिटर र भारततर्फ २ किलोमिटर बिछ्याइने पाइपलाइको व्यास १० इन्चको हुेछ । रक्सौलबाट तेल खसालेपछि बढीमा ४५ मिनेटमा अमलेखगञ्जमा झर्ने आइओसीको प्रक्षेपण रहेको छ । एक घन्टा दुई लाख लिटर तेल ओसार्न सकिने पाइपलाइनबाट सुरुमा दैनिक ३० लाख लिटर ओसार्न सकिने आइओसीले जनाएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget