Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उदयपुरमा ३७ फरार अभियुक्त पक्राउ

उदयपुर, फाल्गुन ३० गते ।  जिल्ला अदालतले दण्ड जरिवानासहित फैसला गरेका मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेकाछन् ।court

२०३० सालदेखि हालसम्म अदालतले दण्ड जरिवाना ठहर गरी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सक्रियरुपमा तीन हप्तादेखि विभिन्न अपराध गरी फरार रहेका ३ सय ६४ अभियुक्तमध्ये ३७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुलाई अदालतमा दाखिला गराई कारागार पठाउने गरेको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेमा सवैभन्दा बढी वन मुद्दा अन्तर्गत वन फँडानी, काठ तस्करी लगायतमा सजाय पाएका अभियुक्तहरु रहेको छन् । वन मुद्दामा सजाय पाएका १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रम्बादेवी चौधरी, रामबहादुर मगर, लक्षण लेखी, भिखन चौधरी, रामदहिन चौधरी, उजुरीलाल चौधरी, तुलसीराम पौडले, तेजनारायण चौधरी, ज्ञानबहादुर राउत, ललित लेखी रहेको छन् ।

यस्तै पंचुलाल साह, सारदा भण्डारी, कृष्णप्रसाद धमला, तिलक बहादुर कार्की, बालकृष्ण भन्ने बलबहादुर विक, लट्टे राउत, साने राई र मोतिलाल तामाङ रहेका छन् । उनीहरुमध्ये १३ जनालाई अदालतले सजायवापत १ महिनादेखि १ वर्षसम्म कैद र जरिवाना समेत सुनाएका छन् ।

यस्तै अदालतले अंश मुद्दामा दोषी ठहर गरी फरार रहेका आठ जनालाई पनि प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा मोहन अधिकारी, इन्दिरा अधिकारी, केदारमान अधिकारी, रन्जीदेवी चौधरी, देवनारायण चौधरी, जिवेन्द्र चौधरी, शिवेन्द्र चौधरी र देवील चौधरी रहेका छन् । उनीहरुले अदालतलाई ६ सय १२ रुपैयाँ ६४ पैसा जरिवाना नतिरी फरार रहेकाले प्रहरीले पक्राउ गरेको हो ।

यस्तै जवरजस्ती करणीका दुई अभियुक्त नरसिंह चौधरी र सरिता परियारलाई प्रहरीले पक्राउ गरेको छ । नरसिंहलाई अदालतले ४ वर्ष ११ महिना ८ दिनको कैद सजाय सुनाएका थिए भने भने परियार विरुद्ध तीन महिना सजाय ठहर गरी फरार रहेका थिए । कुटपिट र लुटपिटमा आशादेवी चौधरी र बलबहादुर खड्का पक्राउ परेका छन् भने गाली बेज्जतीमा सूर्यबहादुर विक र कुमार विक पक्राउ परेको छ । उनीहरु विरुद्ध अदालतले पाँच सय रुपैया जरिवाना नतिरेकोमा फरार रहेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खम्बसिंह राईपनि पक्राउ परेका छन् । खम्बसिंह विरुद्ध अदालतले ६ महिना जेल सजाय तोकेकोमा फरार रहेका थिए । यस्तै लल्कु चौधरीलाई अदालतले जालसाज गरेको विरुद्धमा दोसी ठहर गरेका थिए । उनलाई प्रहरीले फागुन २२ गते पक्राउ गरेको हो ।

यस्तै भ्रष्टचार, सवारी ज्यान, गलत औषधि उपचारलगायतका मुद्दामा फरार रहेको अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भ्रष्टचार मुद्दाका अभियुक्त बमबहादुर सुनुवार, सवारी ज्यान मुद्दा लागेका रामसेवक चौधरी र गलत औषधि उपचारमा संलग्न सुनिता कुमारी सास्त्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले सुनुवारलाई भ्रष्टचार मुद्दामा १ वर्ष ७ महिना २ दिन, रामसेवकलाई सवारी ज्यान मुद्दामा ५ महिना २ दिन र सास्त्रीलाई २० दिनको कैद सजाय सुनाएका थिए ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget