
पर्यटकीय क्षेत्रको समेत उच्च सम्भावना बोकेको उक्त पोखरीको संरक्षणको अभावमा महत्व गुम्ने सम्भावना बढेको हो ।
नेपाल भोट युद्धको समयमा नेपाल तर्फका लडाकुहरु भोट क्षेत्रमा युद्ध गर्न जाँदा बोक्न नसकेका आफ्नो युद्ध सामग्रीहरु खाल्डो खनेर छोडेको तर युद्ध पछि फर्केर आउदा ति खाल्डोमा आफ्ना सामग्रीहरु पुरै पुरिएर पोखरी बनेको किम्बदन्ती छ । अत्यन्तै गहिरो पोखरी भित्र आफ्ना सामनहरु पुरिएपछि निकाल्न नसकेको र सोहि समयदेखि हालसम्म पानी नसुकेको जानकारहरुले बताएका छन् ।
तर अहिले संरक्षणको अभावमा उक्त पोखरी पुरिन थालेको छ । वरिपरि झारले छोपेको र माटोले पुरिदा पोखरीको क्षेत्रफल समेत सानो हुँदै गएको छ । पोखरी वरिपरि माटोको दलदल भएकोले भासिने डरका कारण कोहि पनि पोखरी जजिक जान नसकेको स्थानीय सुनाबुटी शेर्पाले बताउनुभयो । ‘निक्कै गहिरो छ भन्थे, नजिक गयो भने माटो भासिएर पुरिने डर हुन्छ’ शेर्पाले भन्नुभयो।
पहिले पोखरी ठुलो भएपनि पछिल्लो समय माटो र झारपातले भरिदै जाँदा पोखरीको आकार नै सानो हुँदै गएको अर्का स्थानीय ङिमादोर्ची शेर्पाले बताउनुभयो । उक्त पोखरीको संरक्षणमा स्थानीय नै लाग्नु पर्ने समेत शेर्पाले विचार ब्यक्त गर्नुभयो । ‘केहि बर्ष अघिसम्म करिब दुई रोपनी क्षेत्रफल जमिन पानीले ढाकेको थियो तर आजभोली एक रोपनी क्षेत्रफलमा पनि पानी छैन जस्तो छ’ स्थानीय सुनाबुटी शेर्पाले भन्नुभयो । उक्त पोखरीको संरक्षणमा स्थानीय नागरिकका
साथै अन्य सम्बन्धीत निकायको पनि ध्यान जानुपर्ने स्थानीय शेर्पाको भनाई छ ।
Post a Comment