
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुलुकको समस्यालाई नबल्झाई राष्ट्रको हित र विकास कार्यमा केन्द्रित हुनुपर्ने विषयमा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेस सरकारमा जाँदा वा प्रतिपक्षमा बस्दा पनि संविधान कार्यान्वयनलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।
कोइरालाले पार्टीको आन्तरिक निर्वाचनमा जे जस्तो परिणाम आए पनि यसलाई स्वीकार गर्दै सबै मिलेर पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुट उपगुटलाई अन्त्य गरी सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो । संविधानमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्थाअनुरुप पार्टीमा पनि सोही व्यवस्था हुनुपर्ने उल्लेख गर्दै नेत्री कोइरालाले भन्नुभयो – “पार्टीको सभापति पदमा पुरुष भएकाले उपसभापति पदमा महिलालाई मनोनीत गर्दा उपयुक्त हुनेछ ।”
Post a Comment