
फागुन २७ गते झापाको सुखानीबाट सुरु भएको यो अभियान इलामको चमैता, लारुम्बा, पाँचथर, ताप्लेजुङको ढुंगेसाँधु हुँदै सुक्रवार धनकुटाको छिन्ताङ स्थीत सहीदपार्कमा पुगेर समापन गरेको हो ।
ताप्लेजुङबाट धनकुटा पुगेको एमालेका नेताहरुको टोलीले धनकुटाको कृषि अनुसन्धान केन्द्र पाख्रीबास, सहीदपार्क छिन्ताङ, आँखिसल्ला र खोकु गाविसका विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन गरेका थिए ।
यो अभियानमा एमालेका अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, सचिव भीम आचार्य, पुर्व सभामुख सुवास नेम्वाङ, पोलिटब्युरो सदस्यहरु यमलाल कँडेल, गोरखबहादुर बोगटी, पर्यटन विभाग प्रमुख सुर्य थापा, लगायत केन्द्रिय सदस्यहरु, ६८ जिल्लाका अध्यक्ष र नेताहरु, जनसांस्कृतिक मञ्चका सदस्यहरु र सञ्चारकर्मीको सहभागिता रहेको जनाईएको छ ।
Post a Comment