Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तराईमा असन्तुष्टि छ : शशांक

काठमाडौँ,  फाल्गुन २७ गते ।  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले ‘हाम्रो प्रजातन्त्रको मुहान तराईमा असन्तुष्टि छ’ भन्दै सहमति सहकार्य र समझदारीमा जोड दिएका छन् ।

  • 09032016123314SASANKA_KOIRALA-1000x0महामन्त्री निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै प्रकाशित गरेको विज्ञप्तिमा उनले यस्तो बताएका हुन् । उनले आफूलाई मत दिने सबैलाई धन्यवाद भन्दै महाधिवेशन र निर्वाचनले पार्टीमा नयाँ रक्त संचार गरेको बताएका छन् ।

    ‘आजको अपरिहार्यता राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो,’ उनले भनेका छन् ।

    अर्जुननरसिंह र गगनको पनि मतदातालाई धन्यवाद
    महामन्त्रीमा पराजित भएका अर्जुननरसिंह केसी र गगन थापाले पनि विज्ञप्ति प्रकाशित गरी मतदातालाई धन्यवाद दिएका छन् । अर्जुननरसिंहले विजय पाएकाहरुलाई बधाई दिँदै आउने दिनमा पार्टीलाई एकजुट बनाएर अघि बढाउन आग्रह गरेका छन् ।

    गगनले पनि निर्वाचित पदाधिकारहरुले सबैको भावना समेटेर अघि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली काँग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको मेरो अभियान जारी रहनेछ । यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु ।'

    कान्तिपुर बाट

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget