
चिनियाँ अखबार पिपुल्स डेलीका अनुसार फुजियानका ए डुआन र जिओमेईलाई १८ महिनाको छोरी बेचेको आरोपमा तीन वर्षको जेल सजाय तोकिएको छ ।
डुआन र जिओमेई सन् २०१३ देखि नै आपसमा प्रेम गर्दैआएका थिए । विवाहका लागि उमेर नपुगेका कारण उनीहरुले आफ्नो विवाहसमेत पञ्जीकृत गराएका थिएनन् ।
उनीहरुले सन् २०१४ मा छोरीलाई जन्म दिएका थिए । तर रोजगारको अभावका कारण आर्थिक अवस्था नाजुक भएपछि उनीहरुले छोरीलाई नै बेच्ने निधो गरेका थिए ।
उनीहरुले २३ हजार युआनमा आफ्नी छोरीलाई बेचेको बताइन्छ । उक्त रकमले एउटा आइफोन र मोटरसाइकल गरिद गर्ने योजना बनाइरहँदा उनीहरु पक्राउ परेका थिए । झण्डै दुई वर्ष लामो कानुनी प्रक्रियापछि उनीहरुलाई हालै तीन वर्षको जेल सजाय तोकिएको छ ।
Post a Comment