Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आन्दोलन सकिएको छैनः यादव

मोरंग , फाल्गुन २७ गते ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आफूहरुको आन्दोलन नसकिएको र स्थगित पनि नभएको बताउँदै तत्कालका लागि स्वरुप मात्र फेरिएको बताएका छन् ।

1438065987

उनले जनताले ६ महिनासम्म आन्दोलन गर्दा पनि सरकारले कुनै रेसपोन्स नगरेको आरोप लगाउदै राज्यको बिभेदकारी नीति कायम रहेसम्म आन्दोलन निरन्तर रहने बताए ।

उनले केही दिन स्वरुप परिवर्तन गरिएको आन्दोलन शक्ती संचय र पुर्ण तयारी पछि केहीदिन भित्रै पुन गर्ने जानकारी दिए । विराटनगरमा आज अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा यादबले ३५ पटक सम्म भएको वार्तामा सरकारी पक्ष माग पुरा गर्न कुनै तदारुकता नदेखाएको आरोप लगाए ।

बर्तमान सरकार इतिहासकै सबभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाउदै यादबले भने-'अहिले सरकार कालावजारी,तस्कर र माफियाले चलाईरहेको छ, देशको अर्थतन्त्र पनि कालावजारी र माफियाको हातमा छ,जसले अर्थतन्त्र डुबाएको छ ।'

उनले सरकारको भ्रष्ट चरित्रकै कारण दातृ निकाय र सहयोगी राष्टहरुले अनुदान कटौतीगर्न थालेको बताए । बिकासका लागि आएको अनुदानमा भ्रष्टाचार भईरहेको र लगानी गर्ने क्षमता सरकारसित नरहेकाले दातृ निकाय र राष्ट्रहरुले अनुदान कटौती गरिरहेको यादबले आरोप लगाए ।  सरकारको भ्रष्ट चरित्रका कारण नेपालको छबी अन्तरर्राष्ट्रिय स्तरमा धुमिल भएको आरोप लगाउदै पुर्व परराष्ट्रमन्त्री समेत रहेका यादबले भुकम्प पुननिर्माणका लागि आएको अर्बोको वजेट भ्रष्टाचार गरि सकेको आरोप लगाए ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget