
टल्ले भनिने मोहन हेमरमले अत्याधिक मदिरा सेवन गरेर श्रीमती दीपा हेमरमलाई रड प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
रड प्रहारबाट गम्भीर घाइते भएकी दीपाको बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दीपाको टाउको र अनुहारमा चोट लागेको कञ्चनजंघा हस्पिटलका प्रमुख डाक्टर सीपी यादवले बताउनुभयो । श्रीमतीलाई रड प्रहार गर्ने मोहनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ ।
Post a Comment