काभ्रे , चैत ५ गते । दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको एउटा यात्रु बस काभ्रेको पाँचखाल नपा ४ केराघारीमा दुर्घटनाग्रस्त हुँदा तीन यात्रुको ज्यान गएको छ ।

दोलखाबाट तीब्र गतिमा काठमाडौंतर्फ आइरहेको अरनिको यातायातको बा ३ ख ७९३८ नम्बरको यात्रु बसले अनियन्त्रित भइ मोटरसाइकललाई हान्दा बसमै सवार तीन यात्रुको ज्यान गएको हो ।
ज्यान गुमाएका यात्रुको सनाखत भइसकेको छैन । करिब ७० जना यात्रु सवार बस चार घन्टामै पाँचखाल आइपुगेको थियो । घाइते यात्रुहरुका अनुसार सामान्य अवस्थामा सात घन्टा लाग्ने बाटोमा चालकले तीब्र गतिमा बस हुँइक्याएका थिए ।
बिहान ८ बजे दोलखाबाट तीब्र गतिमा काठमाडौंतर्फ आइरहेको अरनिको यातायातको बा ३ ख ७९३८ नम्बरको यात्रु बसले अनियन्त्रित भइ मोटरसाइकललाई हान्दा बसमै सवार तीन यात्रुको ज्यान गएको हो ।
ज्यान गुमाएका यात्रुको सनाखत भइसकेको छैन । करिब ७० जना यात्रु सवार बस चार घन्टामै पाँचखाल आइपुगेको थियो । घाइते यात्रुहरुका अनुसार सामान्य अवस्थामा सात घन्टा लाग्ने बाटोमा चालकले तीब्र गतिमा बस हुँइक्याएका थिए ।
मोटरसाइकललाई हानेर अनियन्त्रित हुँदै पल्टेको बस सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटानामा घाइते भएका यात्रुलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । - श्रीराम केसी , अन्नपूर्ण पोस्टबाट
Post a Comment