
गत फागुन १५ गते स्थानीय कृष्णकुमार सुब्बाको चिया बगानको टहरामा सुतिरहेको अवस्थामा मगरको घाटीमा हतियार प्रहार गरी उनको हत्या भएको थियो । मगरको हत्यमा सम्लग्न भएको अभियोगमा पृथ्वीनगर – ६ निवासी १७ वर्षीय विवेक लिम्बू, सोही स्थानका १४ वर्षीय नवीन गुरुङ्ग, सुनसरी जिल्ला लौकही ३ घर भई हाल पृथ्वीनगर – ६ बस्दै २२ वर्षीय सुनिल किस्कु (सतार) लाई प्रहरीले सार्वजनिक गरेको हो ।
घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले घटना भएकै दिन पृथ्वीनगर – ६ बस्ने २० वर्षीय कालु भन्ने सन्जोग लिम्बूलाई पक्राउ गरिसकेको झापाका प्रहरी प्रवक्ता समेतरहनुभएका प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो ।
विहान साढे ३ वजे भएको घटनामा पृथ्वीनगर – ६ बस्दै आएका २१ वर्षीय सञ्जय उराव र पृथ्वीनगर ६ कै १७ वर्षीय सञ्जय लिम्बू पनि घाइते भएका थिए । घाइते दुवैको अहिले स्वास्थ्यमा सुधार आइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिया बगानको टहरामा तास खेल्ने क्रममा आपसी विवाद भएको र त्यसको दुई दिनपछि घटना घटेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
Post a Comment