कौशल निरौला ,
विराटनगर , चैत ५ गते । पूर्वी मोरङ्गका ग्रामिणक्षेत्रमा कार्यरत पत्रकारलाई लंक्षित गरि दुइदिने खोजपत्रकारिता तालिम प्रदान गरिएको छ ।

युनेस्को केन्द्र बेलवारीको आयोजनामा ग्रामिण क्षेत्रमा रहेर काम गरिरहेका २१ जना पत्रकारहरुलाई तालिम प्रदान गरिएको हो । पूर्वराष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाल, पत्रकार विजय मिश्र,लिलावल्लभ घिमिरे लगाएतले तालिमको सहजीकरण गर्नु भएको थियो । सवै कार्यक्रम तथा तालिम शहरमूखि भइरहेको बेला ग्रामिण क्षेत्रका पत्रकारले तालिम लिन पाएकोमा स्थानिय पत्रकारले खुसी व्यक्त गरेका छन् ।
Post a Comment