विराटनगर , फागुन २१ गते । जन्मनेवित्तिकै फ्यालिएकी बेवारिसे नवजात शिशुको बिहीबार विराटनगर–६ पिपलचौकबाट जीवितै उद्धार गरिएको छ ।

जन्मनेवित्तिकै सडक नजिकै फ्यालेको अवस्थामा सालनालसहितको नवजात शिशु फेला परेपछि उद्धार गरिएको हो । महिलाले लगाउने स्वेटरमा बेरेर फ्यालेको अवस्थामा स्थानीय बासिन्दाले सडक किनारमा नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए । शिशु छोरी रहेको प्रहरीले जनाएको छ ।
शिशुलाई जीवितै उद्धार गरेर प्रहरीले उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा लगेको छ ।
तीन किलोग्राम तौल रहेको शिशु स्वास्थ्य रहेपनि बच्चा वार्डको एनआईसीमा राखेर चिकित्सकको निगरानीमा रेखेदेख, स्वास्थ्य परीक्षण र प्राथमिक उपचार भइरहेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बताए ।
शिशु कसले फ्यालेको भनेर पत्ता नलागेकाले कसैको अवैध गर्भ बसेर जन्मिएका कारण वा छोरी जन्मिएकाले फ्यालिएको भन्नेबारे अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
भण्डारीले रेखेदेख र लालनपालनसहित बच्चा जिम्मा लिन केही मानिसहरु आएपनि कानुनी प्रक्रिया पूरा गरेर आउन सुझाव दिइएको बताए ।
Post a Comment