Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कोसी अञ्चलमा डिजेलको अभाव

बिराटनगर ,फाल्गुन २१ गते ।   कोसी अञ्चलका विभिन्न जिल्लामा डिजेलको अभाव कायमै रहेको छ । मागको अनुपातमा कम डिजेल आयात भएपछि अभाव भएको हो ।

nepal-oil-image_20130927011003

भारतको बरैनी डिपोले पर्याप्त इन्धन नदिएकाले अभाव भएको बताइएको छ । यद्यपी यहाँ पेट्रोल भने सहज रुपमा पाइन थालेको छ ।

विषेशगरी सुनसरी र मोरङ जिल्लामाडिजेलको संकट चुलिएको छ । यी दुई जिल्लामा औद्योगिक क्षेत्रसमेत रहेकाले डिजेलको माग बढी छ । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले बरैनी डिपोले पर्याप्त मात्रमा डिजल नदिएका कारण समस्या भएको जनाएको छ ।

निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख भुवन रेग्मीले बरैनी डिपोले मागको तुलनामा एक तिहाईमात्र डिजेल दिँदै आएको बताए । बरैनीबाट अहिले दैनिक ३ सयदेखि चार सय किलोलिटर डिजेल आउने गरेको निगमले जनाएको छ । तर कोशी अञ्चलमा दैनिक ९ सयदेखि १ हजार किलोलिटर डिजेलको माग छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget