
पोर्नस्टार बन्ने भन्दै चर्चामा आएकी कञ्चनपुरकी अर्चना पनेरुलाई डेब्यू गराउने भनिएको राजु गिरीको उक्त चलचित्र छायांकन हुँदाहुँदै प्रहरीले सोमबार पोखरा-१८ खाल्टेमसिनाबाट ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार चलचित्र छायांकनका लागि कुनै पनि अनुमति लिएको नपाएकाले चलचित्र यूनिटका सामान जफत गरि सातैजनालाई छाडिएको छ ।
उनले भने 'उहाँहरूले अनुमतिपत्र देखाउन सक्नु भएन । त्यसैले सामान राखेर उहाँहरूलाई बुधबार बोलाएको छु ।'
छायांकन चलिरहँदा प्रहरीले यूनिटका म्यानेजर गोपाल कुइकेल, सहनिर्देशक सुदीप कुँवर, सुनीता पनेरु, सुरेन्द्र बुढा, शिवचरण न्यौपाने, ओकेश पनेरु र प्राविधिक हरिभक्त श्रेष्ठलाई नियन्त्रणमा लिइ ३ घण्टा रामबजार प्रहरी चौकीमा लगेर राखेको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय ल्याएर प्रमुख जिल्ल्ा अधिकारी अगाडि उभ्याइएको हो ।
चलचित्र निर्माता राजु गिरीले आफूहरूले चलचित्र विकास बोर्डमा स्क्रीप्ट र शुल्क बुझाएको संवाददाताहरूसँग दाबी गरे । उनले भने 'हामीले प्रक्रिया पुर्याएरै सुटिङ सुरू गरेको हो ।' आफूहरूलाई अप्ठ्यारो पार्न बोर्डका केही व्यक्ति पछि लागेको आरोप उनले लगाए ।
Post a Comment