Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गुरुङ गीतमा नाचे ह्यारी

लम्जुङ्ग ,चैत्र ९ गते  । तामाङ सेलो गीतमा ३ जना नाचिरहेका थिए । बेलायती राजकुमार ह्यारी मुसुक्क हाँस्दै थपडी बजाइरहे । त्यसअघिको सोरठी नाच्दा उनी थकित मुद्रामा थिए ।

21032016090254Harry-112.jpg-1000x0

ह्यारीलाई गौँडा ७, लेउरानीमा तामाङ र गुरुङ समुदायको सँस्कृति झल्किने नाच देखाइने कार्यक्रम बनेको थियो । सोमबार साँझको समय । ‘ह्रामिनो, ए ङोलो ठागु, रोधीँर्बै डम्फू मादल (बजाइदेउ, ए सोल्टी जेठा, रोधीँको डम्फू र मादल) गीत गुञ्जिरहेको थियो । गीतको बोलबारे उनले सहयोगीलाई सोधिरहेका थिए । गोर्खा वेलफेयर स्कीम (जीडब्ल्यूएस), एरिया वेलफेयर अफिसर लमजुङका क्याप्टेन बालकृष्ण गुरुङ र गोर्खा मेजर प्रकाश गुरुङले गीतबारे जानकारी गराइरहेका थिए ।

गुरुङ गीतमा २ युवा र २ युवती नाचिरहँदा ह्यारीले कुम हल्लाए । उनको हाउभाउमा उनी राजकुमारको हाउभाउ थिएन । उनले गीत बुझेर कुम हल्लाएको भने होइन । उनलाई संगीतले जुरुक्क बनाएको थियो । नाच्दै गरेका भीरकुनाकी गंगा र जमुना गुरुङले ह्यारीको हात समाए । उनले एकबचन ‘सरी’ भने । तर, गंगाजमुनाले उनलाई उठाएरै छाडे । असिना परेपछि खुल्ला आकाशमुनी उनी आउन सकेनन् । सवै टहराभित्रै छिरे । गंगा र जमुनासंगै ह्यारी पनि नाचे । उनी नाचेको तस्बिर र भिडियो खिच्न नेपाली पत्रकारमात्रै नभई बेलायती पत्रकार नछाडमछाड थियो ।

गीत बजरिहँदा उनले २ मिनेट नाचे । उनले लामो हाँसे । गंगा र जमुनाले ह्यारीको हात छोडेनन् । ‘हामी १ घण्टा हिँडेर आयौँ । संगै नाच्ने धोको हो’ जमुनाले भनिन्, ‘संगै नाचियो । फोटो पनि खिचियो । रमाइलो भयो । यस्तो मौका कहिले पो आउँछ र ।’ ह्यारी नाच्दा बेलायती राजदूत रिचर्ड मोरिस मख्ख थिए । स्थानीयको कलासंस्कृतिलाई मन पराएर ह्यारीले २० हजार रुपैयाँ दिए ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget