Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इन्धन भण्डारण बढाउन चीनको चासो

काठमाडौँ, फाल्गुन १९ गते । सरकारले इन्धन भण्डारण क्षमता बढाउने योजना अघि सारेसँगै चीन सरकारले सहयोग गर्ने चासो देखाएको छ । भण्डारणमा सहयोग गर्न संकेत पाएपछि आपूर्ति मन्त्रालयले पनि सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

download (7)

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसलाई एजेन्डाका रूपमा राख्ने तयार मन्त्रालयको छ । मन्त्रालयका सहसचिव दीपक सुवेदीका अनुसार ती एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा पेस गरिने छ । प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदै छन् ।

‘दीर्घकालीन रणनीतिअनुसार तीन ठाउँमा करिब ९० दिनलाई पुग्ने इन्धन भण्डारण क्षमता बनाउने तयारीमा जुटेका छौं । भण्डारण निर्माणमा चीनले सहयोग गर्ने चासो देखाएको छ,’ सुवेदीले भने, ‘सोहीअनुसार प्रधानमन्त्री भ्रमणको क्रममा मन्त्रालयका तर्फबाट प्रस्ताव राख्ने छौं ।’ एजेन्डामा खर्च सबै चीनले बेहोर्ने गरी बनाइने छ ।

मन्त्रालयका अनुसार इन्धन भण्डारण काभेको पाँचखाल, तनहुँको खैरनी, नुवाकोटको बट्टा भन्ने ठाउँमा बनाइने छ । ती स्थानमा पेट्रोल, डिजेल र हवाई इन्धनको भण्डारण गरिने छ । तीन स्थानमा करिब ४ लाख १३ हजार किलोलिटर भण्डारण गरिने आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

‘सरकारको निर्देशनअनुसार विभिन्न ठाउँमा भण्डारण बनाउने गृहकार्य गरेका छौं । सोहीअनुसार काभ्रे, तनहुँ र नुवाकोट गरी करिब ४ लाख १३ हजार किलोलिटर भण्डारण बढाउने तयारी छ,’ भट्टराईले भने, ‘भण्डारण विस्तार भए ३ महिनाका लागि पर्याप्त हुन्छ ।’ ती भण्डारण क्षमता विस्तारका लागि करिब २७ देखि २८ अर्ब रुपैयाँ लाग्ने भट्टराईले बताए ।

‘प्रारम्भिक गृहकार्यको क्रममा जग्गा र भण्डार बढाउनका लागि २७/२८ अर्ब रुपैयाँ लागत अनुमान गरेका छौं,’ उनले भने । निगमको तथ्यांकअनुसार मुलुकमा करिब ७१ हजार १ सय ९८ किलोलिटर भण्डारण क्षमता छ । पेट्रोलको भण्डारण क्षमता ५ हजार १ सय ७५ किलोलिटर मात्रै छ । उपत्यकामा १८ सय ७० किलोलिटर मात्रै छ ।

पेट्रोल उपत्यकाको मागलाई करिब ५ दिन धान्छ भने मुलुकभरिको माग करिब ७ दिनलाई मात्रै धान्छ । यस्तै डिजेलको भण्डारण क्षतमा ४२ हजार ३ सय ८५ किलोलिटर छ । यसले करिब १७ दिनलाई मात्रै माग धान्छ ।

हवाई इन्धनको भण्डारण क्षमता ८ हजार ७ सय ७९ किलोलिटर छ । यसले करिब २० दिनलाई मात्रै धान्ने भट्टराईले बताए । भट्टराईका अनुसार अनुसन्धनका क्रममा सबैभन्दा बढी मध्यमाञ्चलमा अभाव देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी खपत उपत्यकामा हुन्छ ।

सोहीअनुसार भण्डारण स्थानको तय गरिएको हो । ‘भण्डारण बढाउनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गृहकार्य गरेका थियौं,’ उनले भने, ‘माग र अभावलाई मध्यनजर गर्दै तीन ठाउँमा विस्तार गर्ने तयारी छ ।’

निगमका अनुसार मटितेलको भण्डारण क्षमता १४ हजार ८ सय ५९ किलोलिटर छ । मटितेलको माग नभएकाले करिब ३ महिनासम्म पुग्ने निगमले जनाएको छ । यसअघि व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पटकपटक इन्धनको भण्डारण बढाउन सरकारलाई निर्देशन दिएको थियो । सभासदहरूले अभाव हुने समयको प्रक्षेपण गरी भण्डारण गर्नुपर्नेमा सुझाव दिएका थिए ।

निगमले पनि सोहीअनुसार विभिन्न स्थानमा इन्धनको भण्डारण बढाउने योजना सारेको थियो । स्वचालित मूल्ययता निगम नाफामा गएकाले इन्धनको अभाव हुन नदिन भण्डारण बढाउन योजना बनाएको थियो ।

तर, भण्डारणको योजना योजनामै सीमित थियो । नाकाबन्दीले मुलुकभरि इन्धन अभाव भएपछि भने सरकार भण्डारण विस्तारको योजना अघि बढाएको हो ।

भण्डारण क्षमता दयनीय भएकाले आपतकालीन अवस्थाका लागि धेरै सहज हुने सहसचिव सुवेदीले बताए । ‘अहिलेको अवस्था धेरै दयनीय छ । विस्तृत निर्णयहरू निगमसँग माग गरेका छौं । बुधबार छलफल गरेर प्रधानमन्त्री कार्यालयमा पेस गर्ने छौं,’ उनले भने, ‘भण्डारणले आपतकालीन अवस्थामा धेरै सहज हुने छ ।’

तर, ग्यासमा भने भण्डारण गर्ने व्यवस्था नभएको हो । निगमले पनि भण्डारणका लागि पूर्वाधार बनाउन नै खर्चिलो हुने भएकाले सरकारले ग्यास मौज्दात राख्न नसकेको बताउँदै आएको छ ।

अहिले निजी क्षेत्रसँग मात्रै ग्यास भण्डारको व्यवस्था छ । नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार निजी क्षेत्रका व्यवसायीसँग ६ हजार टन भण्डारण क्षमता छ । बोटलिङ प्लान्ट र अटो ग्याससहित ५५ कम्पनी छन् । मुलुकमा मुख्यत: बरौनी, हल्दिया, कर्नाल, मथुराबाट ग्यास आयात हुन्छ ।

तीन महिना पुग्ने करिब ४ लाख १३ हजार किलोलिटर क्षमताको भण्डारण बनाइने
निर्माण गर्न करिब २८ अर्ब रुपैयाँ लाग्ने
काभ्रेको पाँचखाल, तनहुँको खैरनी र नुवाकोट सम्भावित क्षेत्र
प्रधानमन्त्री भ्रमणका क्रममा एजेन्डा : आपूर्ति मन्त्रालय

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget